कञ्चनपुर : कञ्चनपुर भीमदत्त नगरपालिका ७ हल्दुखालका स्थानीय मदन चन्द धुम्रपान निषेधका अभियन्ता हुन । चन्दले ०५८ सालदेखि धुम्रपान निषेधको अभियान संचालन गर्दै आएर आफ्नो पृथक पहिचान बनाएका छन । किराना, चिया पसलका संचालन समेत रहेका चन्दले धुम्रपान निषेधको अभियान आफैबाट शुरुवात गरेका थिएन । उनी नआफु धुम्रपान, मध्यपान सेवन गर्दछ, व्यवसायी भएपनि आफ्नो पसलमा समेत धुम्रपानजन्य बस्तु बिक्रि वितरण पनि गदैनन् । आफैबाट शुरुवात गरेका चन्दले सुदूरपश्चिममा अढाई दशक अघिदेखि शुरुवात गरेको धुम्रपान बिरुद्धको अभियान निरन्तर जारी राख्ने बताएका छन ।

धुम्रपान निषेधको अभियान शुरु गरेको अवसरमा उनलाई कञ्चनपुरको एक सामुदायिक विद्यालयले सम्मान गरेको छ । भीमदत्त नगरपालिका १८कटानमा रहेको महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण स्कुल)ले चन्दलाई सम्मान गरेको हो । अभियानले २५ बर्षमा टेकेको अवसरमा बिहीबार हजारौँ विद्यार्थी माँझ धुम्रपान, मध्यपानदेखि कुलतमा फस्न हुदैन भनेर विद्यार्थीसंग अन्तरकृया गरेका चन्दलाई विद्यालयले दोसल्ला ओढाउनुका साथै सम्मान गरेको छ । विद्यालयका सहायक प्रद्यानाध्यापक सरस्वती भाट(धामी)ले विद्यालयका तर्फबाट प्रद्यानाध्यापक देवराज भट्ट, अध्यक्ष बिरेन्द्रराज विष्ट, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले दोसल्लाका साथै प्रमाण पत्र हस्तान्तरण गरेर सम्मान गरेको बताईन ।

महेन्द्रनगर माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्टले समुदायमा सचेतना फैलाउन भूमिका निर्वाह गरेका चन्दलाई विद्यालयका तर्फबाट थप प्रेरणाका लागि सम्मान गरिएको बताए । चन्दले संचालन गरेको अभियानबाट थुप्रै बालबालिका, किशोरकिशोरी, युवाहरु कुलतबाट मुक्तदेखि रोज्दै नरोजेको बताए । लोक देउडिया एव चन्दका बाल्यसहपाठी लक्ष्मण अधिकारीले समेत धुम्रपान निषेधको अभियानले सार्थकता पाएको र त्यसलाई राज्यका निकायले समेत ग्रहण गर्नुपर्ने बताए । कञ्चनपुरका प्रहरी प्रमुख एसपी खडक बहादुर खत्रीले निःस्वार्थ रुपमा संचालन गरिएको एकल अभियानले समाजमा सकारात्मक सन्देश दिएको बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले चन्द एक्लैले आफैबाट धुम्रपान निषेधको अभियानबाट समाजिक सचेतना फैलाएको बताए ।

प्रजिअ कोईरालाले धुम्रपान निषेधको अभियानबाट थप समुदाय सचेत हुने विश्वास व्यक्त गरेका छन । धुम्रपान निषेधका अभियन्ता मदन चन्दले आफुले समाजका लागि केही गर्नुपर्छ भन्ने प्रेरणाका साथ अढाई दशकदेखि शुरुवात गरेको अभियान निरन्तर अघि बढाउने बताए । उनले धुम्रपान, मध्यपान जस्ता बस्तुको उपभोग, सेवनले मानिसको व्यक्तिगत जिवनदेखि घर परिवार, समुदाय, सिङ्गो राष्ट्रलाई हानिनोक्सानी पु¥याउने भएकाले अभियान संचालन गरेको बताए । उनले अभियानलाई थप सार्थक बनाउन पालिका, प्रदेश र संघीय सरकारले समेत भूमिका समन्वय हुनुपर्ने बताए । यस अघि पनि चन्दले विभिन्न सरकारी गैर सरकारी संघ संस्था, कार्यालयबाट सम्मान, पुरस्कार पाउँदै आएका छन ।






