कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर बजारमा राजा महेन्द्र बीरबिक्रम शाहको सालिक पुर्नस्थापनाका लागि हस्ताक्षर अभियान निरन्तर जारी गरिएको छ । महेन्द्रनगरका स्थानीय युवा, नागरिक समाजका केही अगुवाहरुको पहलमा भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा महेन्द्र राजाकै सालिक पुर्नस्थापनाका लागि हस्ताक्षर अभियान निरन्तर जारी राखिएको हो । महेन्द्रनगरका स्थानीय समाजसेवी युवा शिशिर थापाले ईतिहास सरक्षणका लागि पहिले नै राजाको सालिक भएको स्थानमा ३ फागुन महाशिवरात्रीका दिन मूर्ति स्थापना गर्न लागेको बताए । १७ माघमा राजा मारिदिएको दिनमा फोटो र उक्त स्थानलाई पुन महेन्द्र स्मारक चोक घोषणा गरेपछि अहिले स्थानीयको सर्मथन बढिरहेको बताए । थापाले ईतिहास सरक्षण गर्ने विषयमा खुला सर्वदलिय सर्वपक्षीय बैठक आब्हान गरेका छन ।

थापाले सोमबार व्यवसायीहरुको आफुहरुले उठान गरेको विषयमा सर्मथन सहित दिउँसो १२ बजेसम्म व्यवसाय बन्द गरेको बताए । ‘हामीले महेन्द्रराजाको सालिक पुर्नस्थापना गर्न सालिक क्षेत्रमा सरसफाई गर्न लागेको थियौँ, ‘उनले भने, ‘सालिकमा ताला लगाएर काममा अवरोध गरिदियो, हामीले भीमदत्त र प्रशासनसंग सोधपुछ गर्दा उनीहरुले आफुहरुले होईनौँ भनेपछि ताला तोडेरै सरसफाई गरिरहेका छौँ ।’ सालिक पुर्नस्थापनामा युवा अभियन्ता सञ्चिव कुमार भट्टले यो कुनै राप्रपा वा अमुल दलको योजना नभई सबैको साझा प्रयास भएको बताए । भट्टले युवा, समाजका अगुवाहरुको अगुवाईमा नागरिकहरुको साथ सर्मथनमा ईतिहास सरक्षणका लागि मूर्ति राख्न लागेको बताए । तत्तकालिन ०६२/०६३को दोस्रो जनआन्दोलनका क्रममा महेन्द्र राजाको सालिक भत्काएपछि देशमा राजनैतिक परिर्वतनसंगै तत्तकालिन राप्रपा सहितका दलहरुले उक्त स्थानमा गणतान्त्रिक स्मारक र संविधान चोक नामाकरण गरिएको थियो ।

तर, त्यसलाई ०७८सालदेखि राप्रपाले सालिक राख्नुपर्ने एजेण्डा अघि सार्दै आएको थियो । राप्रंपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दले पाटीले ०७८सालदेखि महेन्द्र राजाको सालिक पुर्नस्थापनाको एजेण्डा अघि सारेको बताउँदै, अहिले युवादेखि स्थानीयले सालिक पुर्नस्थापनाका लागि गरेको प्रयास सरानिय भएको बताए । अहिले सर्वसाधारणहरुले ०१८ सालतिर पुर्व राजा महेन्द्रले बस्ती बिस्तार गरेको ईतिहास सरक्षणका लागि भन्दै पुर्व महेन्द्रराजाको सालिक पुर्नस्थापना गर्नुपर्ने बताउँदै सालिक राख्दैमा न राजा फर्किने भन्दै निर्वाचनमै मुखमा सालिक पुर्नस्थानाले कतै भुडभेडको समेत नागरिकले चिन्ता व्यक्त गरेका छन । भने, युवाहरुले हस्ताक्षरसंगै सालिक राखेर ईतिहास कायम गर्ने बताईरहेका छन ।







