एमाले निकट एनएनटिए शिक्षक संगठनले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा भुवनेश्वरी मावि प्रथम


कञ्चनपुर : नेपाल राष्ट्रिय शिक्षक सगठन(एनएनटिए) बेदकोट नगर कमिटिले माध्यामिक विद्यालय कक्षा १०सम्म स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । एमाले निकट नेपाल राष्ट्रिय शिक्षक सगठन बेदकोट नगर कमिटिले माध्यामिक विद्यालय कक्षा १०सम्म स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको हो ।

नेपाल राष्ट्रिय शिक्षक सगठन कञ्चनपुरका अध्यक्ष उत्तम विष्टले नगरले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा भुवनेश्वरी मावि प्रथम भएको बताए । अध्यक्ष विष्टका अनुसार बैजनाथ मावि द्वितिय, र उदयमावि सुन्दरपुर तृतिय भएको छ । विजेता विद्यालयका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।

राष्ट्रिय शिक्षक सगठन बेदकोट नगरका अध्यक्ष भोजराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नेता बेदकोट नगरका शिक्षा समिति सदस्य, बेदकोट २का वडाध्यक्ष नरेश सिहको प्रमुख आथित्यमा भएको कार्यक्रममा राष्ट्रिय शिक्षक सगठन बेदकोट नगर, जिल्लाका नेतादेखिको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img