कञ्चनपुर : कञ्चनपुर उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारी एव सदस्यहरुको पदस्थापन तथा शपथ ग्रहण गराईएको छ । शुक्रबार एक कार्यक्तमका विच उद्योग वाणिज्य संघका १८औँ नव निर्वाचित पदाधिकारी एव सदस्यहरुको पदस्थापन तथा शपथ ग्रहण गराईएको हो ।

निवर्तमान अध्यक्ष पिताम्बर जोशीले नव निर्वाचित अध्यक्ष दिनेश मल्ललाई सपथ ग्रहण एव पदभार हस्तान्तरण र अध्यक्ष मल्लले अन्य पदाधिकारी एव सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

सपथ ग्रहण एव पदभार ग्रहण कार्यक्रममा सरकारी तथा गैर सरकारी निकायका पदाधिकारीहरुले वाणिज्य संघले जिल्लाको औद्योगिक बृद्धि विकासका क्षेत्रमा काम गर्नुपर्ने सुझाव दिएका छन । कञ्चनपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष दिनेश मल्लले वाणिज्य संघले आगामी दिनमा औद्योगिक बृद्धि विकासका कार्यक्रम संचालन गर्दै जाने प्रतिबद्धता जाहेर गरेका छन ।







