वेदकोट नगरस्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, विजेता बैजनाथ मा.वि.जडेपानी

महेन्द्रनगर: वेदकोट नगरपालिकाको आयोजनामा सम्पन्न नगरस्तरीय छैटौं तथा १६औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न भएको छ।

प्रतियोगिता वेदकोट नगरपालिकाका नगर प्रमुख आदरणीय भोजराज बोहराको प्रमुख आतिथ्यता तथा नगर खेलकुद विकास समिति अध्यक्ष प्रजापति भट्टको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रममा नगर उप–प्रमुख तुलसी जोशी, नगर प्रवक्ता चित्रदेव भट्ट, शिक्षा शाखा प्रमुख पदम राज भट्ट, विभिन्न वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शिक्षक–शिक्षिकाहरू, पत्रकारहरू, विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) का अध्यक्ष तथा अभिभावकहरू, साथै ठूलो संख्यामा विद्यार्थी भाइबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगितामा विभिन्न खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्दै बैजनाथ माध्यमिक विद्यालय, जडेपानी समग्र विजेता बन्न सफल भएको छ। भने दोस्रो स्थान भुवनेश्वरी माध्यमिक विद्यालय सिसैया र उदयदेव माध्यमिक विद्यालय सुन्दरपुर तेस्रो स्थान हासिल गरेको छ।

उक्त प्रतियोगिताको आयोजना भुवनेश्वरी माध्यमिक विद्यालय, सिसैयाले गरेको थियो। सफल आयोजना तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिताले नगरभित्र खेलकुद विकासमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले बताएका छन्।

ताजा समाचार

spot_img