कञ्चनपुर : कञ्चनपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा सिद्धराज भट्ट निर्वाचित भएका छन । भट्टले आफ्ना प्रतिस्पर्धी प्रदिप पाललार्ई १सय ७०मतको अन्तरले हराउँदै कोषाध्यक्षमा निर्वाचित भएका हुन । भट्टले ७सय १५ र पालले ५सय ४५ मत ल्याएका थिए । यस्तै सबैभन्दा बढी सदस्यमा जगदिशचन्द्र भट्ट ८सय ८३, दोस्रोमा एकमात्रै महिला उम्मदेवार सरिता भण्डारीले ८सय ६३मत ल्याएका छन ।

६सय ४५मतका साथ पुन सदस्यमा दोस्रो कार्यकाल भोजराज अवस्थीले सुरक्षित पारेका छन । कृष्ण रानाले ६सय ८३, पारस जोशीले ६सय ६५, हेमराज भट्टले ६सय ८३ र निरज गुप्ताले ७सय २८मत ल्याएका थिए । कुल २ हजार १सय २१ मतदाता मध्ये कोषाध्यक्ष र सदस्य मात्रै निर्वाचन भएपछि १हजार ३सय ४४मत मात्रै खसेका थिए । १८ औँ कार्यकारीणी समिति चयनका लागि कोषाध्यक्ष र ७ सदस्यका लागि निर्वाचन भएको थियो ।

यस अघि अध्यक्ष दिनेश मल्ल, बरिष्ठ उपाध्यक्ष दिपेन्द्र प्रकास साउद, उद्योग उपाध्यक्ष तेज बहादुर चन्द, वाणिज्य उपाध्यक्ष गणेश चटौत, महासचिव राहुल भट्ट, सचिव नरेन्द्र प्रशाद जोशी(एनपी) र संस्थागत सदस्य तर्फ गजेन्द्र बिक्रम चन्द निर्बिरोध निर्वाचित भएका थिए । वाणिज्य संघमा निर्बिरोध तथा चुनावबाट जितेका पदाधिकारी, सदस्यले जिल्लाको समग्र औद्योगिक, व्यवसायिक क्षेत्रको विकासमा प्रतिबद्धता जाहेर गरेका छन ।







