२५औँ सशस्त्र प्रहरी दिवस–२०८२ रजत महोत्सवमा पूर्व–पश्चिम झण्डा मार्च सुरु

कञ्चनपुर : २५ औँ सशस्त्र प्रहरी दिवस–२०८२ को रजत महोत्सवको अवसरमा आयोजना गरिएको पूर्व–पश्चिम झण्डा मार्च कञ्चनपुरको गडाचौकीबाट औपचारिक रूपमा शुभारम्भ गरिएको छ।

सशस्त्र प्रहरी बल नेपालले राष्ट्रिय एकता, देशभक्ति र सुरक्षा चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित झण्डा मार्च आयोजना गरेको हो। शुभारम्भ कार्यक्रम २०८२ भदौ २० गते सम्पन्न भएको छ।

झण्डा मार्च पश्चिमी नाका गडाचौकीबाट सुरु भई पूर्वतर्फ विभिन्न जिल्लाहरू हुँदै सञ्चालन गरिने आयोजकले जनाएको छ। यस कार्यक्रममार्फत सशस्त्र प्रहरी बलको भूमिकाबारे जनस्तरमा जानकारी गराउने र राष्ट्रप्रति समर्पणको भावना सुदृढ बनाउने लक्ष्य लिइएको छ।

रजत महोत्सवको अवसरमा देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिने बताइएको छ। सशस्त्र प्रहरी बल नेपालले शान्ति, सुरक्षा र विपद् व्यवस्थापनमा पुर्‍याउँदै आएको योगदानलाई स्मरण गराउँदै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

ताजा समाचार

spot_img