सक्षम परियोजना मार्फत कृष्णपुरका १५सय ८४घरधुरी लाभान्वित

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा संचालित सक्षम परियोजना मार्फत सयौँ किसान लाभान्वित भएका छन । कृष्णपुर नगर ग्रामिण भेगमा झण्डै चार बर्षदेखि संचालन भएको सक्षम परियोजनाबाट एक हजार ५सय ८४ घरपरिवार लाभात्वित भएका हुन । लिबर्ड संस्थाले ०२२देखि हाल ०२५सम्मै संचालन गरेको उक्त कार्यक्रम मार्फत कृष्णपुर ग्रामिण बस्तीका साना, विपन्न घरधुरीका किसान प्रत्यक्ष लाभात्वित भएको जनाएको छ । कृष्णपुर नगरको १, २, ४, ५ र ९ वडाहरुमा उक्त परियोजना संचालन भएको थियो ।

लिबर्डका कार्यक्रम अधिकृत नविन पौडेलले प्रस्तुत गरेको प्रतिवेदन अनुसार कृष्णपुरका स्थानीय किसानको जिवनस्तर बृद्धि भएको पाईएको छ । १ हजार, २सय, ६५ महिला, ३सय ११ पुरुष १ हजार २सय २७ मुक्ति कमैया, १सय ६५ दलित, ६५अपाङ्गता र १सय ८ बिटिसी समुहका व्यक्ति प्रत्यक्ष संलग्न थिए । पौडेको प्रतिवेदन अनुसार स्थानीय किसानको खाद्य पोषण, आय सुधारमा सुधार, जलवायु परिर्वतन अनुकुलन र विपद जोखिम व्यवस्थापन क्षमता सुधार कार्यक्रम मार्फत प्रत्यक्ष जनताले लाभ लिएका छन ।

कार्यक्रम अधिकृत पौडेललेसाना किसान, भूमिहिन किसान,मुक्त, कमैया, हलिया, दलित थारु, आदिबासी जनजाती समुदायका वाढी प्रभावित किसानलाई लक्षित गरेर कार्यक्रम संचालन गरिएको बताए । किसानलाई तालिम, उनीहरुलाई जलवायु अनुकुलन समाग्री वितरणदेखिका आवश्यक सबै सहयोग गरेपछि उनीहरु अहिले निर्वाहमुखी जिवनबाट व्यवसायिक जिवनतर्फ उन्मुख भएको बताए । ‘घर विद्यालय बगैचा निर्माण, गोठ सुधार, पशुपालन, पशु बीमा, जलवायु अनुकुलन नमुना गाँउ विस्तार सचेतना, उद्यमशिल विकास तालिम, विपद् जोखिम न्यूनिकरणका लागि सहयोग जैविक तटबन्ध, बहुउदेश्यीय नर्सरी, सौर्यसोलार सहित, कृषि मेलाका कार्यक्रम संचालन गरेका थियौँ, ‘अधिकृत पौडेलले भने, ‘पहिला भन्दा अहिले किसान आफ्नै खेतबारीदेखि जमिन भाडामा लिएर कृषि उत्पादनका कामकाजमा जुटेका छन ।’

उक्त परियोजनाका समाजिक परीक्षक धिरेन्द्र सिनालले कार्यक्रम मार्फत किसानलाई ज्ञान,सीप क्षमता विस्तारदेखि नयाँ प्रविधी सहयोग पाईएकाले विगतमा जिवननिर्वाहमुखी कृषिमा संलग्न भएका किसान अहिले व्यवसायिकतर्फ उन्मुख भएको बताए । ‘किसानको जिवनशैलीमा पनि सुधार पाईएको छ, विगतमा मासु एव पोषिलो खाने परिकार खान दशैँ, तिहार कुर्ने किसान अहिले हप्ताहप्तामा उपभोग गरिरहेका छ, ‘उनले भने, ‘स्थानीय आवश्यकता आधारमा व्यवसायिक काममा जुटेका छन ।’ किसानहरुले सामुहिक करार खेतीदेखि व्यवसायिक तरकारी खेती गरेर जमिन खरिददेखि घरजिवन प्रभावकारी संचालन गरिरहेको बताए ।

बाली बीमाका कार्यक्रम समेत संचालन गर्नुपर्नेमा परामर्सदाता सिनालले ध्यानाकर्षण गराए । स्थानीय किसानलाई आत्मनिर्भर बनाउन दिगोपनाका लागि स्थानीय सरकारले चासो दिनुपर्ने र गरेका कार्यक्रमको सुझाव संकलन गरेर आगामी दिनमा थप दिर्घकालिन कार्यक्रम ल्याउन समेत सुझाव दिएका छन । परियोजना संयोजक ईन्देश्वर मण्डलले जलवायु अनुकुलन कार्यक्रम संचालन गरेर किसानलाई आत्मनिर्भर बनाउनका कार्यक्रम संचालन गरिएको बताए । उनले घर तथा विद्यालयमा रैथान अन्नबाली, तरकारी, फलफुलखेतीका साथै व्यवसायिक रुपमा किसानलाई आत्मनिर्भर बनाउने काम गरेको बताए । संस्थाले किसानलाई सिकाएको सीपदेखिका उपकरण अब स्थानीय सरकारले स्वामित्व ग्रहण गर्दै संचालनमा जोडदिए ।

संयोजक मण्डलले विपद क्षेत्रमा नागरिकलाई वैकल्पिक बगरखेती तर्फ समेत उन्मुख गराएको बताए । कृष्णपुर नगरपालिका उपप्रमुख द्रोपती रानाले लिबर्डले कार्यक्रम संचालन गरेपछि नगरका किसान पहिले भन्दा अहिले आत्मनिर्भर तर्फ उन्मुख भएको बताईन । उप्रमुख रानाले आयोजनाबाट प्राप्त उपब्धीलाई निरन्तरता दिर्दै आउदो बर्सको नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गरिन् । उपप्रमुख रानाले किसानमुखी कार्यक्रम अझै संचालन तर्फ समेत आग्रह गरेकी छिन । आइतबार एक कार्यक्रमका विच समाजिक परिक्षण तथा परियोजना हस्तान्तरण कार्यक्रममा लालझाडी गाँउपालिकाले परियोजना एव कर्मचारीहरुलाई प्रमाणपत्रका साथै टिकादोसल्ला ओढाएर सम्मान गरेको छ । कृष्णपुर नगरका सुचना अधिकारी प्रेम बहादुर बोगटीले संचालन गरेको कार्यक्रममा जनप्रतिनिधी, किसान सहितका सरोकारवाला सहभागि भएका थिए ।

ताजा समाचार

spot_img