कञ्चनपुर : कञ्चनपुर उद्योग वाणिज्य संघ कोषाध्यक्षमा उम्मेदवार सिद्धराज भट्टले जिल्लाभरीका आम मतदाता भेटिएरहेका छन । आउँदो १९पुष शनिबार कञ्चनपुर उद्योग वाणिज्य संघको १८औँ कार्यकारिणी समिति चयनका लागि निर्वाचन हुँदैछ । सघका कोषाध्यक्षका उम्मेदवार भट्टले अहिले जिल्लाका मतदाता आम उद्योगी, व्यवसायीहरुसग भेटघाट गर्दै मत मागिरहेृका छन । कोषाध्यक्षका उम्मेदवार भट्टले आम उद्योगी, व्यवसायीहरुको हकहितका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

तीन दशक बढीसयमदेखि व्यापार व्यवसाय गर्दै आएका भट्टले ०६३सालदेखि आफ्नै न्यू श्रीबेताल कलेक्सन मार्फत व्यवसाय गरिरहेका छन । अध्ययनसंगै व्यपारमा लागेका भट्ट सफल, युवा व्यवसायीको रुपमा परिचित छन । व्यापारशास्त्रमा स्नाकोत्तर गरेका भट्टले शिक्षण पेशा छाडेर व्यापारमा लागेका थिए । ०६३सालदेखि नियमित व्यापारमा लागेका भट्ट यस अघि सघको १५कौ कार्य समितिमा सदस्य थिए । अहिले फेरी कोषाध्यक्षको दौडमा देखिएका हुन । उनले आफुले अझैपनि उद्योगी, व्यवसायीको हकहितका साथै आम उपभोक्ताको बजारीकरण हक अधिकारका लागि कोषाध्यक्षको उम्मेदवार बनेको बताए ।

‘हाम्रंो जिल्ला सीमावर्ती हो, यहाँका अधिकाँस उपभोक्ता भारतीय बजारमा जान्छन, ‘उनले भने, ‘स्वदेशमै उपभोक्ताहरुलाई किनमेलको वातावरण बनाउँदै जिल्लाको व्यापार बृद्धि गर्छु ।’ आफु संघमा भएपनि नभएपनि व्यवसायिक हकहितका लागि काम गर्ने प्रण गरेका छन । समाजिक क्षेत्रमा समेत संलग्न रहेका भट्टले संघको कोष बृद्धिदेखिका संघलाई बलियो बनाउनेदेखि उपभोक्ता, व्यवसायीहरुका हकहितका क्षेत्रमा अहोरात्र खटिने घोषणा गरेका छन ।







