कञ्चनपुर : कञ्चनपुरको भौगोलिक विकट रहेको लालझाडी गाँउका किसान जलवायुमैत्री प्रविधीबाट तरकारी खेतीमा जुटेका छन । झण्डै साढे चार बर्षदेखि संचालन भएको सक्षम परियोजनाबाट लालझाडीका साढे बाह्रसय बढी घरपरिवार जलवायुमैत्री प्रविधीबाट तरकारी खेतीमा जुटेका हुन । समायानुकुलित जिविकोपार्यजनका लागि साना किसानहरुको क्षमता अभिबृद्धि(सक्षम परियोजना) कार्यक्रम मार्फत १हजार २सय ६० घरघुरी प्रत्यक्ष लाभात्वित भएका छन । लिबर्ड संस्थाले ०२२देखि हाल ०२५सम्मै संचालन गरेको उक्त कार्यक्रम मार्फत लालझाडी ग्रामिण बस्तीका उक्त घरधुरी प्रत्यक्ष लाभात्वित भएको जनाएको छ । लिबर्डका कार्यक्रम अधिकृत नविन पौडेलले प्रस्तुत गरेको प्रतिवेदन अनुसार किसान किसानको जिवनस्तर बृद्धिका लागि आयोजना गरिएको उक्त कार्यक्रम मार्फत लालझाडीका किसान आत्मनिर्भरतर्फ उन्मुख भएका छन ।

खाद्य पोषण, आय सुधारमा सुधार, जलवायु परिर्वतन अनुकुलन र विपद जोखिम व्यवस्थापन क्षमता सुधार कार्यक्रम मार्फत प्रत्यक्ष जनताले लाभ लिएका छन । कार्यक्रम अधिकृत पौडेलले साना किसान, भूमिहिन किसान,मुक्त, कमैया, हलिया, दलित थारु, आदिबासी जनजाती समुदायका वाढी प्रभावित किासनलाई लक्षित गरेर कार्यक्रम संचालन गरिएको बताए । किसानलाई तालिम, उनीहरुलाई जलवायु अनुकुलन समाग्री वितरणदेखिका आवश्यक सबै सहयोग गरेपछि उनीहरु अहिले निर्वाहमुखी जिवनबाट व्यवसायिक जिवनतर्फ उन्मुख भएको बताए । ‘घर विद्यालय बगैचा निर्माण, गोठ सुधार, पशुपालन, पशु बीमा, जलवायु अनुकुलन नमुना गाँउ विस्तार सचेतना, उद्यमशिल विकास तालिम, विपद् जोखिम न्यूनिकरणका लागि सहयोग जैविक तटबन्ध, बहुउदेश्यीय नर्सरी, सौर्यसोलार सहितका कार्यक्रम संचालन गरेका थियौँ, ‘अधिकृत पौडेलले भने, ‘पहिला भन्दा अहिले किसान आफ्नै खेतबारीदेखि जमिन भाडामा लिएर कृषि उत्पादनका कामकाजमा जुटेका छन ।’

चाँन्देवकी स्थानीय किसान पार्वती चौधरीले ३कट्टा जमिनमा व्यवसायिक तरकारी खेती गरेकी छिन । टर्नेल सहित खुला रुपमा टमाटर, करेला, बोडी, खिरा, भिट्टी, लौका सहितका व्यवसायिक तरकारी खेती गरेकी हुन । ‘हाम्रो गाँउमा सिँचाई सुविधा छैन, तैपनि हामीले प्रविधि सहित सुविधा पाएपछि व्यवसायिक तरकारी खेती गर्न लागेका छौँ, ‘उनले भनिन, ‘तरकारी खेतीबाटै घरखर्च चलाएको छु ।’ आफुले पहिलो पटक नयाँ प्रविधीबाट तरकारी खेती गरेको उनले बताईन । ‘विगतमा हामीले परम्परागत शैलीमा तरकारी खेती गर्दै आएका थियौँ, ‘उनले भनिन, ‘अहिले हामीलाई कृषि ज्ञान केन्द्र ली–वर्ड सक्षम परियोजनाले नयाँ प्रविधिबाट तरकारी लगाउन सिकाएको छ ।’ अर्की महिला किसान बेलमती चौधरीले घरबाटै निस्किको फोहोरपानी जम्मा गर्ने, मलका लागि पशुधनको मुत्र, गोबर संकलन गरेर प्राङगारिक मल उत्पादन गरे तरकारी खेती गरेको बताईन । उनले पानी सकलन, गड्यौला र पशुधनको मुत्र, गोबर संकलन गरेर प्राङगारिक मल उत्पादन गर्दै थोपा सिँचाई मार्फत तरकारी खेती गरिरहेको बताईन ।

बेलमतीले समेत चार कट्टा जमिनमा बेमौषमी मकै सहित टमाटर, करेला, बोडी, खिरा, भिट्टी, लौका खेती गरेकी छिन । ‘अहिले हामीलाई बेमौसमी तरकारी खेतीका लागि समेत सिँचाईको अभाव छैन, ‘उनले भनिन, ‘सोलारबाट बिहानदेखि साँझसम्म सिँचाई गर्न सुविधा भएको छ ।’ उत्पादित तरकारी गाँउ सहितका आसपासका बजारमा लगेर बिक्रि वितरण गर्दै आएको बताईन । उक्त परियोजनाका समाजिक लेखा परीक्षक धिरेन्द्र सिनालले कार्यक्रम मार्फत किसानलाई ज्ञान,सीप क्षमता विस्तारदेखि नयाँ प्रविधी सहयोग पाईएकाले विगतमा जिवननिर्वाहमुखी कृषिमा संलग्न भएका किसान अहिले व्यवसायिकतर्फ उन्मुख भएको बताए । ‘किसानको जिवनशैलीमा पनि सुधार पाईएको छ, विगतमा मासु एव पोषिलो खाने परिकार खान दशैँ, तिहार कुर्ने किसान अहिले हप्ताहप्तामा उपभोग गरिरहेका छ, ‘उनले भने, ‘स्थानीय आवश्यकता आधारमा व्यवसायिक काममा जुटेका छन ।’ सहयोग गरेका नवरंगी सहकारीमा विगतमा ७०घरधुरीबाट अहिले ४सयघरधुरी, ३लाख शेयरपुँजीमा ९लाख र १४लाख निक्षेप बचतमा अहिले ४२लाख पुगेको पाईयो ।’ स्थानीय किसान पार्वती चौधरीले बर्षिक २ र बसमती रानाले बर्षिक १लाखको तरकारी बेच्ने गरेको पाईएको छ ।
साथै ५जना भूमिहिन किसानले विगतमा डेढ विगाह जमिन भाडामा लिएर व्यवसायिक खेती गरेको र हाल ६५ विगतमा खेती गरेका छन । बाली बीमामा कार्यक्रम समेत संचालन गर्नुपर्नेमा परामर्सदाता सिनालले ध्यानाकर्षण गराएका छन । स्थानीय किसानलाई आत्मनिर्भर बनाउन दिगोपनाका लागि स्थानीय सरकारले चासो दिनुपर्ने र गरेका कार्यक्रमको सुझाव संकलन गरेर आगामी दिनमा थप दिर्घकालिन कार्यक्रम ल्याउन समेत सुझाव दिएका छन । लालझाडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले ग्रामिण भेगका किसानलाई आत्मनिर्भर बनाउनका लागि सचालित कार्यक्रमको दीगोपनालाई पालिकाले ग्रहण गर्दै उनीहरुलाई प्रोत्साहनका कार्यक्रम संचालन गर्ने बताए । ‘हामीले सुझाव पेटीका राखेका छौँ, हरेक महिना खोलेर संकलन भएको सुझाव ग्रहण गर्दै आगामी दिनमा सिकाईमा प्रयोग गछौँ ।’
परियोजना संयोजक ईन्देश्वर मण्डलले जलवायु अनुकुलन कार्यक्रम संचालन गरेर किसानलाई आत्मनिर्भर बनाउनका कार्यक्रम संचालन गरिएको बताए । उनले घर तथा विद्यालयमा रैथान अन्नबाली, तरकारी, फलफुलखेतीका साथै व्यवसायिक रुपमा किसानलाई आत्मनिर्भर बनाउने काम गरेको बताए । संस्थाले किसानलाई सिकाएको सीपदेखिका उपकरण अब स्थानीय सरकारले स्वामित्व ग्रहण गर्दै संचालनमा जोडदिए । लालझाडी गाँउपालिका अध्यक्ष निर्मल रानाले पालिका सरकारले संचालन गर्न नसकेको काम संस्थाले गरेको भन्दै अब नीतिगत रुपमा समावेस गरेर किसानलाई थप आत्मनिर्भरका कार्यक्रममा जोड्ने प्रतिबद्धता जोहर गरेका छन । लालझाडीका अध्यक्ष फेरीपनि किसान आत्मनिर्भर स्वदेशी बस्तु तथा सेवा उत्पादनका कार्यक्रम संचालनका लागि आग्रह गरेका छन । बिहीबार एक कार्यक्रमका विच समाजिक परिक्षण परियोजना हस्तान्तरण कार्यक्रममा लालझाडी गाँउपालिकाले परियोजना एव कर्मचारीहरुलाई प्रमाणपत्रका साथै टिकादोसल्ला ओढाएर सम्मान गरेको छ ।






