एमाले उपमहासचिव लेखराज भट्टका भाई गोर्कण रास्वपातिर

कञ्चनपुर : नेकपा एमालेका उपमहासचिव एव सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टका सहोदर भार्ई गोर्कण भट्ट राष्ट्रिय स्वतन्त्र पाटीमा प्रवेस गरेका छन । एमाले सुदूरपश्चिमका नेता समेत रहेका भट्टले रास्वपा प्रवेस गरेका हुन । रास्वपा नेताद्वय ज्ञानेन्द्र सिह महता, डा. जनकराज पन्त सहितका नेताहरुको विशेष पहलमा एमाले नेता एव कैलालीका उद्यमी भट्ट रास्वपामा प्रवेस गरेको जनाएको छ । भट्टलाई रास्वपा नेता दिपक बोहराले पाटीमा प्रवेस गराउँदै स्वागत गरेका थिए ।

आइतबार एक कार्यक्रमका विच एमाले नेता भट्ट सहितका सयौँ एमाले नेता कार्यकर्ताहरुले पाटी प्रवेस गरेको रास्वपाले जनाएको छ । रास्वपा सुप प्रदेशका युवा नेता ज्ञानेन्द्र महताले एमाले नेता भट्ट सहित डेढसयले पाटी प्रवेस गरेको बताए । गत कार्तिकमा एमाले सुप प्रदेशका सचिवालय सदस्य समेत रहेका भट्टले एमालेमा गुटबन्दी, अवसरवाद, धनवाद, डनबार, यौनवाद जस्ता प्रवृति हावि भएकाले आफु जस्ता सच्च ईमान्दारले त्यहाँ टिक्न नसक्ने भन्दै पाटी परित्याग गरेका थिए । रास्वपा प्रवेस गर्दै गोर्कण भट्टले रास्वपालाई सुप प्रदेशमा १ नम्बर पाटी बनाउने घोषणा गरेका छन ।

ताजा समाचार

spot_img