कञ्चनपुर : सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा मनाईने भुवा पर्व तराई कञ्चनपुरमा पनि मनाईन लागेको छ । लोक संस्कृति जोर्गेना गर्नका लागि कञ्चनपुरका विभिन्न गाँउ बस्तीहरुमा भुवा पर्व मनाईन लागेको हो । सुदूरका पहाडी जिल्ला पुर्खोली घर भएका स्थानीयले जिल्लाको, महेन्द्रनगर, हल्दुखाल, दोधाराचाँदनी सहितका स्थानमा मनाउन लागेका छन । शुक्रबारदेखि सुदूरपश्चिममा भुवा पर्व मनाईन लागिएको छ । भुवा पर्व मनाउन सुदूरपश्चिम प्रदेश सरकारले ४ पुषमा सार्वजनिक विदा समेत दिएको छ । मंसिर पुर्णिमादेखि पुषको औसीसम्म मनाईने भुवा पर्व लोभ लिन थालेपछि लोक सस्कृति जोर्गेना गर्नका लागि भुवा पर्व मनाउन थालेका छन । पञ्चेबाजाको तालमा हातमा तरबार र ढाल प्रयोग गर्दै विभिन्न विद्यामा भुवा पर्व खेलिरहेका छन । बडिमालिका एकता समाज बाजुराका अध्यक्ष डम्बर खडकाले परापुर्वकालदेखि मनाईदै आएको भुवा पर्व यस बर्षपनि तराईमा मनाउन लागेको बताए ।

उनले पौराणिक कालमा देवताले आरक्षलाई पराजय गरेको खुसियालीमा दिवस मनाईने बताए । खडका अनुसार ‘भु’भनेको पृथ्वी र वा भनेको अच्चम हो ।’ पृथ्वी बिरुद्धमा राक्षसले आक्र्रमण गर्न थालेपछि देविदेउताले राक्षस बिरुद्धको काम असफल पार्नका लागि युद्ध लडेको किम्बदन्ती रहेको बताए । ‘आफ्नो राज्य जोगाउनका लागि युद्धको तयारी स्वरुप हातहतियार सुर्सजित गर्ने कला पनि हो, ‘उनले भने, ‘युद्धमा गएका बेला चिउरा र बेसारबाट पिठायो बनाएर गएका थिए, भुवा पर्व चार प्रकृतिमा खेल्छौँ ।’ उनले रैका, पाण्डप, गौरा पर्वको तेस्रो दिन र आँगोको ज्योति बालेर खेलिन्छ । धार्मिक, समाजिक एकताका लागि भुवा पर्व मनाईन्छ ।

उनले लोक संस्कृति संरक्षणका लागि नागरिक सचेत हुनुपर्नेमा जोडदिए । सुदूरपश्चिम विश्वविद्यालय भाषा, साहित्य संस्कृति केन्द्रका प्रमुख एव प्राध्यापक डा.हरिशचन्द्र भट्टले भुवा पर्व साँकृतिक धार्मिक एव ऐतिहासिक महत्व रहेको बताए । ‘यसमा कला र सुरक्षा दृष्ट्रिकोणबाट महत्व रहेको छ, ‘उनले भने, ‘शक्ति र राज्यको सार्मथ्यसंग जोडिएको छ ।’ युवा पुस्तालाई मौलिक संस्कृति परम्परा हस्तान्तरण आवश्यक रहेको बताए । सुदूरका चर्चित कलाकार लक्ष्मण अधिकारीले लोक हुन लागेको पर्व संरक्षणका लागि भुवा पर्व मनाईएको बताए । ‘हामीले चार दशकपछि हल्दुखालमा भुवा पर्व मनाएका छौँ, ‘उनले भने, ‘यो हाम्रो ऐतिहासिक लोक परम्परा हो, यसको संरक्षण गर्न हामीले प्रयास गरेका छौँ ।’ महाभारतको युद्धमा पाण्डको बिजयी भएको अवसरमा दिवस मनाईदै आएको बताउँदै भुवा पर्व युद्धकलादेखि सामाजिक साँस्कृतिक महत्व रहेको बताए ।

अधिकारीले सुदूरपश्चिमका बझाङ, बाजुरा र अछाम जिल्लामा प्रत्येक वर्ष मनाइने मौलिक भुवा पर्वको हल्दुखालमा पनि मनाईएको बताए । ‘४० वर्ष अघिसम्म हल्दुखालमा यो पर्व धुमधामका साथ निरन्तर मनाइन्थ्यो, ‘उनले भने,‘त्यसपछिको करिब ४० वर्ष लोप जस्तै भयो । यो वर्षदेखि पुनः भुवाभस्सो जगाउने अभियान थालेका छौं ।’ द्वापरयुगदेखि महाभारत युद्दपश्चात असत्य माथि सत्यको बिजय भएको खुसीयालीमा पाँच पाण्डवले चलाएको मानिने भुवा पर्व यस प्रदेशको मौलिक पर्व भएकाले हरेक वर्ष मनाइने गरिएको अधिकारीले बताए । भुवा खाणाबाट सुरु भएर घर घरमा गई पाँच पाण्डवको गाँथा गाउँदै आर्शिवाद दिदै भट्याउदै ढाल तरवार नचाउदै खेल्ने गरिन्छ ।
यो पर्वमा परदेशिएकाहरु पनि घर फिर्छन । नयाँ लुगा लगाई, चिटिक्क परेर पर्वमा सामेल हुन्छन । सामाजिक एकता र माया बढाउने पर्वका रुपमा पनि यसलाई लिइने अधिकारीले बताए । कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन साउदले सुदूरपश्चिमको मौलिक संस्कृति चिनाउने मौलिक भुवा पर्व सरक्षा, प्रर्बद्धनदेखि पुस्तान्तरण गर्नुपर्ने जोडदिए । भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखकले सुदूरपश्चिमको ऐतिहासिक पर्व भुवालाई स्थानीय सरकारले समेत संरक्षण गर्नुपर्ने र आफ्नो तर्फबाट भुवाको संरक्षण गरिने बताए । उपप्रमुख लेखकले भीमदत्त स्थानीय सरकारले भुवा पर्व सरक्षणका लागि पहल गर्ने आश्वासन दिएकी छिन । सुदूरपश्चिम प्रदेश सरकारका पुर्व आर्थिक मामिलामन्त्री एव प्रदेश सभा सदस्य प्रकास बहादुर रावलले भुवा पर्वलाई प्रदेश सरकारले समेत सरक्षण, प्रर्बद्धन गर्नुपर्ने बताउँदै यसको महत्व अनुरुप सार्वजनिक विदा समेत दिएको बताए ।






