साहित्यकार हेमबाबु भारतमा सम्मानित

कञ्चनपुर : साहित्यकार हेमबाबु लेखकलाई भारतमा सम्मानित गरिएको छ । भाषा, साहित्य, संस्कृति संरक्षणका क्षेत्रमा उल्लेखनीय याेगदान पुर्‍याएकोमा उनलाई सम्मानित गरिएको आयोजकले जनाएको छ । भारतको उत्तराखण्डस्थित रुद्रपुर शहरमा लेखक सम्मानित भएका हुन् ।

आइतबार रुद्रपुर नगर निगममा आयोजित उत्तराखण्ड काव्य महाेत्सवमा उनलाई प्रशस्तिपत्रसहित सम्मानित गरिएको हो । भारत, मारिसस, श्रीलंका लगायतका देशमा अन्तर्राष्ट्रिय कवि सम्मेलन आयोजना गरिसकेको बुलंदी साहित्यिक संस्थाद्वारा आयोजित कार्यक्रममा लेखकलाई बरिस्ठ साहित्यकार अशोक अवस्थी’अन्जाना’ र संस्थाका संस्थापक विवेक बनदल बाजपुरीले सम्मानित गरेका थिए ।

साहित्यकार लेखक लामो समयदेखि काली-कर्णाली र भारतको कुमाउ (मानसखण्ड) क्षेत्रको भाषा, कला, संस्कृति र लाेकसाहित्य संरक्षण, संबर्धन र प्रचारप्रसारमा निरन्तर गाेष्ठी, सम्मेलनहरु आयोजना गर्दै आइरहेका छन् । दुई दशकदेखि निरन्तर लेखनमा सक्रिय लेखकका आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

ताजा समाचार

spot_img