नेपाली कम्युनिष्ट पार्टीले कञ्चनपुरमा पार्टी एकता सन्देशको आयोजना गर्दै

कञ्चनपुर : कञ्चनपुरमा जिल्ला स्तरिय पार्टी एकता सन्देशको आयोजना हुने भएको छ । नेपाली कम्युनिष्ट पार्टी कञ्चनपुरको आयोजनामा पौष ७ गते शुक्लाफाटा नगरपालिकाको झलारी खुलामञ्चमा उक्त कार्यक्रमको आयोजना हुने भएको छ । शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी एकता सन्देश सभाहरु प्रदेश स्तरमा सम्पन्न भई सकेको र उक्त एकता अभियानलाई देशव्यापीरुपमा जनसमक्ष पुन्याउने सन्दर्भमा यहि पौष ७ गते कंचनपुरमा जिल्ला स्तरिय पार्टी एकता सन्देश कार्यक्रम हुने पार्टी एकता जिल्ला सन्देश सभा मूल परिचालन समिति, कञ्चनपुरका संयोजक लोकेन्द्र लम्सालले जानकारी दिनुभयो । उहाँले सो सभालाई नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेताहरु पूर्व उपप्रधान तथा गृहमन्त्री डा. भीम रावल, पूर्व शिक्षा तथा स्वास्थ्य मन्त्री गिरीराजमणी पोखरेल, पूर्व मन्त्री भानुभक्त जोशी र खगराज भट्ट लगायतका केन्द्रिय नेताहरुले सम्बोधन गर्नुे कार्यक्रम तय भएको बताउनु भयो ।

उक्त सन्देश सभालाई व्यापक जनसहभागिता सहित प्रभावकारीरुपमा सम्पन्न गर्नको लागि लोकेन्द्र लम्साल संयोजक र प्रकाश रावल सहसंयोजक रहेको मूल परिचालन समिती गठन गरिएको छ । उक्त मूल परिचालन समितीमा कंचनपुर जिल्ला भूगोल भित्र रहेका पार्टीका केन्द्रीय सदस्यहरु, केन्द्रीय निकाय आयोग, विभाग, सल्लाहकार, जेष्ठ कम्यूनिट मञ्चका सदस्यहरु, प्रदेश, जिल्ला, पालिका र वार्ड कमिटीका पदाधिकारी, जनसंगठनहरुका पदाधिकारी र जननिर्वाचित प्रतिनिधिहरु सदस्य रहने छन् । सन्देश सभाको प्रभावकारी तयारी र आयोजनाको लागि विभिन्न ९ ओटा उपसमितिहरु गठन गर्नुका साथै नेता, कार्यकर्ता, जनप्रतिनिधि तथा समर्थक र शुभेच्छुकहरुबाट सहयोग प्राप्त गर्न आवश्यक कार्ययोजनाका साथ सक्रिय रुपमा आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्ने निर्णय भएको छ।

देशको विद्यमान विषम, जटिल र तरल राजनीतिक परिस्थितिमा राष्ट्रिय हित, स्वाधीनता, सार्वभौमसत्ता, अखण्डता, स्वाभिमान, समृद्धि र एकताको लागि सम्पूर्ण वामपन्थी, प्रगतिशील र देशभक्त शक्ति, समूह एवं व्यक्तिहरुको एकता अपरिहार्य रहको बताइएको छ । देशमा आगामी फागुन २१ गतेका लागि आम निर्वाचनको घोषणा भइसकेको स्थितिमा राजनीतिक दल र जनताले निर्वाचनका सम्पूर्ण गतिविधिमा निर्वाध, स्वतन्त्र र भयरहित वातावरणमा सहभागी हुन सक्ने गरि सरकारले यथोचित वातावरणको निर्माण गर्नुपर्ने जनाइएको छ ।

ताजा समाचार

spot_img