मन्त्री घिसिङलाई कञ्चनपुर उद्योग वाणिज्य संघको ज्ञापन : महाकाली कोरिडोरदेखि सुख्का बन्दरगाह

कञ्चनपुर : कञ्चनपुर उद्योग वाणिज्य संघले उर्जा जलस्रोत तथा सिँचाईमन्त्री, भौतिक पूर्वाधार तथा यातायात एव शहरी विकास मन्त्री कुलमान घिसिङलाई ज्ञापन पत्र बुझाएको छ ।
बुधबार वाणिज्य संघकै हलमा उद्योग वाणिज्य संघले उर्जा जलस्रोत तथा सिँचाईमन्त्री, भौतिक पूर्वाधार तथा यातायात एव शहरी विकास मन्त्री कुलमान घिसिङलाई ज्ञापन पत्र बुझाएको हो ।

मन्त्री घिसिङलाई कञ्चनपुर उद्योग वाणिज्य संघले स्वागत गर्दै महाकाली कोरिडोर शुचारु, सुख्खा बन्दरगाह निर्माण, दैजी छेला औद्योगिक क्षेत्र विस्तार, मझगाँउ विमानस्थलको शुचारु, महाकाली प्रादेशिक अस्पताल सुधार लगायतको विवित विषयमा ध्यानाकर्षण गराएका छन ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले क्षेत्रकै विकास मुलुकको सम्बृद्धिसंग रहेको जिल्लाका अधुरा योजना पुरा गर्नका लागि सघीय सरकारले ध्यान दिनुपर्ने बताए । अर्का उद्यमी व्यवसायी तेज बहादुर चन्दले सुक्खा बन्दरगाह देखि महाकाली अस्पतालको स्तरबृद्धि सुधारका लागि संघीय सरकारले चासो दिनुपर्ने ध्यानाकर्षण गराएका छन ।

कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले संचालन गरेको कार्यक्रममा वाणिज्य संघका पदाधिकारी सहित उद्योगी, व्यवसायीले मन्त्रीलाई स्वागत गरेका थिए ।

ताजा समाचार

spot_img