डेंगु संक्रमित बढेपछि डेङ्गु रोकथामका लागि ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान

कञ्चनपुर : कञ्चपुरको पुनर्वासमा डेंगुको महामारी नियन्त्रण र रोग रोकथाम गर्ने उद्देश्यले लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने अभियान थालिएको छ। डेंगु रोग फैलाउने लामखुट्टेको लार्भाको खोजी र नष्ट गर्ने अभियान सगै डेङ्गुबारे सर्वसाधारणलाई जानकारी गराउनुका साथै यसबाट बँच्न नगरपालिकाले ‘खोज र नष्ट गर’ अभियानको थालनी गरेको हो। डेंगु संक्रमण बढेसँगै कञ्चनपुरको पुनर्वास नगरपालिकाले लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान अन्तर्गत नगरभित्रका डेंगु प्रभावित वडाहरुलाई केन्द्र बनाएर ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको हो। उक्त अभियान अन्तर्गत आज पुनर्वास नगरपालिका वडा नं. ४ स्थित कोटिहोम क्षेत्रका सडक छेउछाउ ,मन्दिर परिसर र प्रत्येक घर टोलमा डेंगु खोज र नष्ट अभियान चलाइएको छ।

पुनर्वास नगरपालिकाका जन स्वस्थ्य अधिकृत यज्ञ खडकाले लामखुट्टेले अन्डा पार्न सक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान चलाइएको बताए। विभिन्न ठाउँमा डेंगुको संक्रमण बढ्दै गएकाले सतर्कताका लागि नगरपालिकाले यो अभियान सुरु गरेको जन स्वस्थ्य अधिकृत खडकाको भनाइ छ। उनले भने, डेंगु भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा पानी जमेको छहरी र ओत लाग्ने ठाऊहरुमा बढी पाइने गर्छ। यो लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ। विशेष गरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ। ग्रमिण क्षेत्रमा यस्ता वस्तुहरू थुप्रै हुने भएकाले पनि बढी लामखुट्टे देखिने गर्छन्। एडिज नामक लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ। उक्त लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ। विशेष गरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ। डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ।

पोथी जातको लामखुट्टेले अन्डा पार्ने वेलामा टोक्ने गर्छ। एक व्यक्तिको रगतले नअघाउँदा पुनः अर्को व्यक्तिलाई टोक्ने गर्छ, जसका कारण धेरै मानिसमा डेंगुको संक्रमण हुन जान्छ। दिउँसै टोक्ने लामुखट्टेले डेंगी सार्ने भएकाले घरसँगै विद्यालय, कार्यालय र सार्वजनिक स्थलमा पनि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने चिकित्सकहरू बताउँछन्। जताततै डेङ्गु संक्रमणका बिरामी बढ्न थालेको पाइएपछि पुनर्वास नगरपालिकाले नगरवासीलाई यसबाट बँचाउन अभियान थालेको नगर उपप्रमुख भुलिया कुमारी रानाले बताए। नगरवासीलाई रोगबाट बँचाउन डेंगुको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम भइरहेको उपमेयर रानाले बताए।

यो रोग लागेमा एक्कासि उच्च ज्वरो आउने, मांसपेशी, टाउको दुख्ने, बान्ता हुने, थकान लाग्ने जस्ता लक्षण देखा पर्ने गरेको जनाइएको छ । डेंगु रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न आवश्यक रहेको स्वास्थ्यकर्मीले जनाएका छन् । यसैगरी, झुल लगाएरमात्रै सुत्ने, घर वरिपरि सरसफाइ गर्ने, भाडाकुँडामा लामो समयसम्म पानी जम्न नदिने जस्ता कार्य गर्न आवश्यक रहेको जनाइएको छ । विभिन्न ठाउँमा डेंगुको संक्रमण बढ्दै गएकाले सतर्कताका लागि नगरपालिकाले यो अभियान सुरु गरेको जन स्वास्थ्य अधिकृत खड्को भनाइ छ। यस अभियान कार्यान्वयनका लागि सशस्त्र प्रहरी बल आमतालको टोली , स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्थानिय युवाहरु लगायतको टोली परिचालन भएको थियो

ताजा समाचार