तस्करहरु सशस्त्र प्रहरीको डण्डामा, एकैदिन साढे ७ लाख वढिको समान फन्दामा

कञ्चनपुर : चाडवाड नजिकिए कञ्चनपुर संग जोडिएका विभिन्न नाकाहरु वाट लाखौ रुपैयाको सामान अवैध रुपमा भित्रिरहेको छ । जिल्लाको प्रमुख पश्चििमि सिमानाका गड्डाचौकी आसपास क्षेत्रवाट पनी भारत वाट ल्याईएका विभिन्न सामानहरु भन्सार नकाटि भित्रिरहेको पाईएको छ ।

आईतवार मात्रै भिमदत्तनगर १०, भन्सार रोड वाट करिव ७ लाख ८४ हजार ९ सय २० रुपैया मुल्य वरावरको भन्सार छलि ल्याएको सामान प्रस्तावित सिमा सुरक्षा गुल्म गड्डाचौकी प्रहरीले बरामद गरेको छ । बेवारिसे अवस्थामा भेटिएका कपडाहरु, हार्डवयरका सामानहरु, क्यामराका स्पेयर पार्टस, मिठाई, किराना समान लगायत रहेको र सो सामान आवस्यक कार्वाहीको लागी भन्सार कार्यालय गड्डाचौकीमा बुभाईएको सिमा सुरक्षा गुल्म गड्डाचौकीका ईन्चार्ज, प्रहरी नायव उपरिक्षक जनक राज उपाध्ययाले जानकारी दिनुभएको छ ।

ताजा समाचार