दशै तिहारमा घर फर्कनेको भिड, सिमामा हुने लुटपाट र ज्यादती रोकिएन

डिल्लीराज पन्त / कञ्चनपुर  : चाडवाड नजिकिए संगै भारतमा रोजगारी गर्न गएका नेपालीहरु अहिले विभिन्न नाका भएर घर फर्किरहेका छन ।यसरी विभिन्न समयमा भारत गएका हजारौे नेपालीहरु घर फर्कने क्रममा सिमाक्षेत्रमा भिडनै लागेको छ तर वर्षभरी भारतमा काम गरी फर्कदा सिमा क्षेत्रवाट हुने लुटपाट र जेकजाचको निहुमा हुने सास्ति भने रोकएिको छैन ।

हिन्दु नेपालीहरुको महान चाड दशै–तिहार नजिकीए संगै विभिन्न समयमा भरतीय शहरमा रोजगारी गर्न गएका नेपालीहरु अहिले कैलालीको गौरीफन्टानाका र कञ्चनपुरको गड्डाचौकीनाका भएर घर फर्किरहेका छन । गौरीफन्टा र कञ्चनपुर भएर भारत रोजगारी गर्न जानेहरुमा मध्यपश्चिम र सुदर पश्चिमका दाङ, दैलेख, रोल्पा,सुर्खैत जाजरकोट, दार्चुला, बैतडि, बझाङ, अछाम लगायतका बढि छन । उनीहरु मजदुरीकालागी भारतको राजधानी दिल्ली, गढ्वाल, सिमला, चण्डिगढ, जम्मु–कश्मिर लगायतका स्थानमा जाने गरेका छन । त्यसरी जाने मध्ये दैनीक हजारौको संख्यामा नेपालीहरु अहिले पश्चिम नेपालका प्रमुख नाकाका रुपमा रहेका रुपेडिया, गौरीफन्टा, कञ्चनपुर लगायतका नाका बाट दैनीक ३ हजार देखि ३५ सयको संख्यामा घर फर्कीरहेका छन ।

काम गरेर बर्षभरीको कमाएको रकम लिएर आफ्ना परिवार,बालवालिका एवं आफन्तसंग रमाएर चाडपर्वका लागी घर फर्कदा अत्यन्तै उत्साहित भएको उनीहरु बताउछन। तर यसरी उत्साहकासाथ घर फर्कनेहरु सिमा क्षेत्रमा भाग्नुपरेको हैरानीले भने दुखित छन । नेपालीहरुलाई वाटोमा तथा सिमाक्षेत्रमा नसालु पदार्थ खुवाएर लुटपाट गर्ने, चेकजाचको नाममा भारतिय कस्टममा सुरक्षाकर्मिले पैसा असुल्ने, पैसा नदिए कुटपिट गर्ने र विनाहक दुःख दिने गरेको गुनासो उनीहरुको छ । हुनत भारतिय सिमामा वर्षैनी नेपालीहरु लुटिने विषयमा उच्व सुरक्षाअधिकारी र दुवै देशका प्रशासन विच पटक पटक छलफल हुने गरेपनी लुटपाट तथा ज्यदतीका घटनामा कुनै कमि आएको छैन ।

चाडवाडका बेला भारतवाट आउने यात्रुलाई सुरक्षित तवरले सिमाक्षेत्रमा आवागमनको सुविधा दिने दुवै देशका प्रशासन विच सहमती भएपनी कुनै पक्ष वाट पनी अनुगमन तथा कार्यान्वयन भने नहुने सामाजिक अभियन्ता ईश्वरराज पन्त वताउछन ।  यता जिल्ला प्रहरी कार्यालयले भने चाडवाडलाई लक्षित गरी विशेष सुरक्षा योजना वनाई रहेको र सवै सुरक्षा निकायलाई सुरक्षा अधिकारीको कमाण्डमा यात्रुहरुलाई सहज रुपले नेपाल आउन दुवै देश विच समन्वय गरीरहेको जनाएको छ । भारतिय जिप, अटो रिक्साहरुले समेत मनपरीभाडा अशुल गर्ने र यात्रुहरुलाई दुख दिएको गुनासो बारम्वार आएपछि सिमा क्षेत्रमा सुरक्षा ब्यवस्था कडा पारिएको र यातायात व्यवसायिबाट तोकेकोभाडा भन्दा बढि लिएको पाईएमा जुनसुकै अवस्थामा पनी कार्वाही गरीने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक खड्क बहादुर खत्री बताउछन ।

हरेक वर्ष हजारौंको संख्यामा भारतमा पटके रोजगारी गर्न लाला वाला सहित जाने गरेका छन । नेपालमा रोजगारीका अवसर नभएकै कारण दुर्गम गाउ वस्ती वाट अर्कौ देशमा श्रम बेचेर घर गृहस्ती चलाउनकै लागी विदेशिने गरेका छन भारत वाट आउने नेपाली हरुलाई सुरक्षित तरिकाले स्वदेश फर्कन सहज वातावरण बनाउन मातहतका सवै निकायलाई निर्देशन दिईसकेको र जिल्ला का सवै सिमावर्ती नाकामा थप सुरक्षा व्यवस्थामा कडाई गरिने प्रमुख जिल्ला अधिकारी लक्ष्मण्म ढकालले जानकारी दिएका छन । चाडपर्वका बेला भारत बाट रोजगारी गरी घर फर्कने नेपालीहरुलाई पर्ने समस्याको पहिचान र त्यसको समाधानगरी सिमा क्षेत्रमा आवतजावत लाई सहज वनाउनतर्फ नेपाल तर्फको प्रशासनको अविलम्व ध्यानजानु जरुरी देखिन्छ ।

ताजा समाचार