कञ्चनपुर : कञ्चनपुर तेक्वान्दो संघको जिल्ला अध्यक्षमा राजेन्द्र केसी चयन भएका छन । तेक्वान्दो संघको जिल्लाको तेस्रो अधिवेशनबाट अध्यक्षमा केसी चयन भएका हुन ।

उपाध्यक्ष चक्र प्रशाद मिश्र,कोषाध्यक्ष बासुदेव घिमिरे, सदस्य गोबिन्द थापा, निर्मला डगौरा, लाल बहादुर थापा, कमल चौधरी, हरेन्द्र बहादुर धानुक रहेका छन । कञ्चनपुर तेक्वान्दो संघको जिल्ला अध्यक्षमा चयन भएका राजेन्द्र केसीले खेलाडीको बृद्धि विकासका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

