कञ्चनपुर: सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलका कान्छा छोरा कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले “मेरो घर जलेको छ तर मेरो बिचार कहिल्यै जल्दैन” भनेर भावुक हुँदै सामाजिक सञ्जालमा लेखेका छन्।

पछिल्लो समयमा जेन-जी पुस्ताको आन्दोलनका क्रममा आन्दोलनकारीले कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका-६ ऐठपुरस्थित रहेको कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलको घरमा आगजनी र तोडफोड संगै लुटपाट समेत गरिएको सरकारी निकायको प्रारम्भिक क्षति विवरणमा समावेश गरिएको छ ।

फुटबल संघका महासचिव रावलका अनुसार, आन्दोलनकारीले घरमा आगजनी गर्दा कञ्चनपुर जिल्ला फुटबल संघको खेलकुद सामाग्री पुर्णरुपमा जलेर नष्ट भएका छन्। खेलकुद सामाग्रीमा फुटबल ८० थान, मार्कर कोन १ सय थान, हडल्स ४० थान, कर्नरल फिल्याक ४ सेट, ल्यापटप १ थान, ओकेटोके २ सेट (४ थान), प्रीरेन्टर क्यानोन १ थान प्राविधिक संगै खेलकुद सामाग्री र सम्पुर्ण कागज पुर्ण रुपमा जलेर नष्ट बताउनु भयो।

पूर्व मुख्यमन्त्रीका कान्छा छोरा रावलले सामाजिक सञ्जालबाट आगजानी र तोडफोडबाट ध्वस्त घरको तस्बिर राखेर घुस खाएको प्रमाण दिएर आफ्नो बचेको घर पूर्ण रुपमा भत्काउने भनाइ व्यक्त संगै चुनौती समेत दिएको छ।
