कैलाली जिल्ला फुटबल संघ र कैलाली हस्पिटल बिच सम्झौता पत्रमा हस्ताक्षर

धनगढी: कैलाली जिल्ला फुटबल संघ र कैलाली हस्पिटल बिच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

आइतबार धनगढी अवस्थित पौवा होटेलको सभाहलमा कैलाली जिल्ला फुटबल संघ अध्यक्ष अनिल मल्ल र कैलाली हस्पिटलका अध्यक्ष नजक राज जोशिले सम्झौता/ समझदारी (एमओयू) पत्रमा हस्ताक्षर गर्नुभएको हो।

कैलाली हस्पिटलका अध्यक्ष जोशीले भन्नू भयो, ओपेडी सेवामा नि: शुल्क सेवा, अप्रेसन लगायतका जटिल किसिमका सेवामा सुविधा संगै सहुलियत छुट गरिने बताउनु भयो। उनले खेलकुद बिकासमा सधै कैलाली हस्पिटलको साथ सहयोग रहने प्रतिबद्धता जनाउनु भएको छ।

सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा एन्फा केन्द्रीय अध्यक्ष पंकज बिक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, दिपक खतिवडा, सदस्य बिकाश नारायण श्रेष्ठ, मणिराज बिष्ट, सरिला श्रेष्ठ र पुरुष्तम थापा, सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठ, कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द खेलाडी खेलप्रेमिको उपस्थिति रहेको थियो।

ताजा समाचार