शुक्लाफांटा : शुक्लाफांटा नगरपालीका ८ मणिकाधाम स्थित बैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिकाे पाँचौ बार्षिक साधारण सभा शनिवार सम्पन्न भएकाे छ । समितिका अध्यक्ष पुरन हमालकाे सभापतित्वमा सम्पन्न भएकाे सभाका प्रमुख अतिथी नगर उप प्रमुख कल्पना पन्त रहनु भएकाे थियाे । सभामा मन्तव्य राख्नु हुँदै उनले मणिका धाम क्षेत्रकाे विकासका लागि कटिबद्ध भएर कार्य गर्ने बताउनु भयाे ।

नगरपालिकाकै समन्वयमा धाममा विकासका कार्य भएकाे उहाँकाे भनाइ थियाे । वडा अध्यक्ष बहादुर महराले सबैकाे सहयाेग र सहकार्यमा धाम क्षेत्रकाे विकास संभव हुने बताउनु भयाे । वडाबाट हुने सहयाेगका लागि जहिले पनि अग्रसर रहदै अाएकाे ृृनकाे भनाइ थियाे । झलारी गाविसका पूर्व अध्यक्ष टेक बहादर हमालले पर्या पर्यटन क्षेत्रका लागि तीन बर्ष देखि बजेट विनियोजन नभएकाे उल्लेख गर्नु हुँदै विकास संगै पर्यटन क्षेत्रलाइ जाडनु पर्ने बताउनु भयाे । नेपाली कांग्रेसका क्षेत्रिय सभापति लाल बहादुर सिंहले धार्मिक अास्थाका क्षेत्रहरूकाे विकासका लागि बजेटमा सम्वाेधन गरिनु पर्ने बताउनु भयाे ।

यश क्षेत्रकाे बिकासका लागि अतश्यक बजेटका लागि पहल गर्ने प्रतिवध्ता उहाँले व्यक्त गर्नु भयाे । विकास समितिका संस्थापक अध्यक्ष दुर्गाप्रसाद भट्टले झाडि सरसफाइ गरि मेलाकाे शुरूवात गरेकाे स्मरण गर्नु भयाे । काठकाे मन्दिर थियाे उहाँले भन्नू भयाे, अहिले विकास हुँदै भाैतिक संरचना थपिदै गएका छन । गुरूकुल र जेष्ठ नागरिक सेवा केन्द्र स्थापनाका लागि पहल गरिनु पर्ने उहाँफे बताउनु भयाे । शिक्षा विद सिध्दराज भट्टले यश धार्मिक क्षेत्रले विद्शि पर्यटक तान्न सक्ने क्षमता रहेकाे बताउनु भयाे ।

ब्रम्हदेव द्खि ग्वासि समंजि सम्मकाे क्ष्त्रलाइ पर्यटकीय क्ष्त्रका रूपमा बिकास गिरनु पर्ने बताउनु भयाे । सभामा समितिका सचिव डम्बर ऐेरले अाय व्यकाे बिबरण प्रस्तुत गर्नु भएकने थियाे । साथै उहाँले अागामी अावकाे अनुमानित बजेट समेत पर्स्तुत गर्नु भएकाे थियाे । कार्यक्रमकाे सञ्चालन समिझिका काेषाध्यक्ष नवराज पन्तले ले गर्नु भएकाे थियाे । कार्यक्रममा दिल बहादुर बुढा, विमला सार्की लगायतले मन्तव्य राखेनु भएकाे थियाे । स्वागत मन्तव्य हरिप्रसाद भट्टले राखेका थिए ।
