८ औं बेलडाँडीमा खुला फुटबल प्रतियोगिता: आज २ खेल हुने

दोस्रो दिन आज पहिलो खेल दिप ज्योती युवा क्लब 'ए' र एबिएफसी वाणी, दोस्रो खेल अल स्टार युवा क्लब 'ए' र इटाहा चारपाते युवा क्लब देखतभुली बिच हुने

महेन्द्रनगर: कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा खुला नकआउट फुटवल प्रतियोगिताको दोस्रो दिन २ खेल हुने छन्।

सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा पर्वको अवसरमा बेलडाँडीमा रहेको अल स्टार युवा क्लबको आयोजनामा आठौं संस्करण बेलडाँडी खुल्ला नकाउट फुटवल प्रतियोगिता २०८२ अन्तर्गत आज २ खेल हुने प्रतियोगिता संयोजक मनोज खडायतले बताउनु भयो।

प्रतियोगिता संयोजक खडायतका अनुसार, प्रतियोगिताको दोस्रो आज दिन भाद्र ०८ गते दुई खेल हुने, पहिलो खेल दिप ज्योती युवा क्लब ‘ए’ र एबिएफसी वाणी बिच दिउँसो १:३० बजे, उक्त दिन हुने दोस्रो खेल अल स्टार युवा क्लब ‘ए’ र इटाहा चारपाते युवा क्लब देखतभुली बिच दिउँसो ३:३० बजे हुने छ।

प्रतियोगितामा आयोजकका ३ सहित १६ टिमविच प्रतिस्पर्धा हुने छ। आठौं संस्करण बेलडाँडी खुला फुटवल प्रतियोगिता क्लबकै सबै भन्दा ठुलो धनराशिको प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।

खेलकुद विकासका र समाज रुपान्तरणका लागि स्थापन भएको क्लबले नयाँ ढंगले अगाडी अग्रसर रहनका लागी युवाहरुको एकरुपता संगै युवा जमाता तातेपछि आजसम्मकै क्लबले आयोजना गर्ने प्रतियोगिता भन्दा ठुलो धनराशि ८२ हजार नगद ट्रफी, प्रमाण पत्र, मेडल पुरस्कार रहेको छ। प्रथम हुने टिमलाई नगद ८२ हजार नगद रुपैयाँ, ट्रफी, प्रमाणपत्र, र द्वितिय हुनेलाई ४५ हजार रुपैया पुरस्कार प्रदान गरिने छ । अन्य विधाका उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।

हरेक बर्ष सुदुरपश्चिमेलीहरुको महानपर्व गौराको अवसरमा हुने खेलकुद प्रतियोगिताले संस्कृतिसंगै खेलकुद बृद्धि विकासमा टेवा पु¥याएको छ । भाद्र ७ गते उद्धघाटन खेलमा अल स्टार युवा क्लब ‘सि’ र बैबाह युवा समाज बिच भएको खेलमा ३-१ गोलको अन्तरले बैबाह युवा समाजले अल स्टार युवा क्लब ‘सि’ लाई हराउँदै पहिलो जित निकालेको छ।

ताजा समाचार

spot_img