महालक्ष्मी बचत तथा ऋण सहकारीद्वारा विद्यालयका बालबालिकालाई स्टेशनरी सामग्री वितरण


झलारी : शुक्लाफाँटा नगरपालिका–१०, झलारी स्थति महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था, दशरथ आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण बालबालिकालाई आवश्यक स्टेशनरी सामग्री तथा विद्यालयका अन्य आवश्यक सामग्री सहयोगस्वरूप वितरण गरेको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल कामीको सभापतित्व रहेको थियो। कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष केशव कपाडी प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने ११ नम्बर वडाका पूर्व वडा अध्यक्ष दिलबहादुर बुढा, संस्थापक अध्यक्ष नन्द सुनार, वडा नम्बर ११ का पूर्व वडा सदस्य तथा सिद्ध भीम माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शिवराज भट्ट, सहकारीका उपाध्यक्ष डम्बर प्रसाद जोशी, सचिव मानबहादुर ऐर, कोषाध्यक्ष सिमा भट्ट, सदस्य पवन ऐर, प्रबन्धक गणेश भट्ट र मनिषा भाट (ऐर) लगायतका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

यस अवसरमा अभिभावक, स्थानीय बुद्धिजीवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रह्यो। विद्यालयका तर्फबाट सहयोगी संस्था प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै संस्थाको निरन्तर प्रगतिको शुभकामना दिइया े।


ताजा समाचार

spot_img