पंतञ्जलि योग समिति कञ्चनपुरको समिक्षा बैठक सम्पन्न


कञ्चनपुर : पतञ्जली योग समिति कञ्चनपुरले समिक्षा बैठक सम्पन्न गरेको छ । आज बसेको बैठकले यहि भाद्र २ गते देखि ६ गते सम्म सुदूरपश्चिमका योग प्रशिक्षकहरुलाई पुनर्ताजगी निःशुल्क प्रशिक्षणको आयोजना गर्ने भएको छ । भाद्र २ गते विहान ४ः३० बजे देखि बेलुका ९ बजे सम्म योग र आर्युवेद लगायत विभिन्न विषयमा प्रशिक्षकहरुलाई प्रशिक्षण दिइने छ । सुदूरपश्चिमका नौ वटै जिल्ला बाट योग प्रशिक्षकहरुको सहभागिता रहने छ ।

पहाडी जिल्लाबाट करिब ४० जना र कैलाली तथा कञ्चनपुरबाट ८० जना गरी कुल १२० जना प्रशिक्षक उपस्थित हुने अपेक्षा गरिएको छ। बैठकको अध्यक्षता पतञ्जलि नेपालका मुख्य प्रभारी लवदेव मिश्रले गर्नुभएको थियो। कार्यक्रममा पतञ्जलि योग समिति कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशीसहित समितिका अन्य सदस्यहरूको सहभागिता रहेको थियो।


ताजा समाचार

spot_img