दोधारा चाँदनीमा स्काउटको बिटीसी र पिटिसी तालिम सञ्चालन

पप्पु गुरुङ्ग, । दोधारा चाँदनी नगरपालिकामा स्काउटको बिटीसी र पिटिसी तालिम सञ्चालन गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नेपाल स्काउट सुदूरपश्चिम प्रदेश स्थानिय स्काउट कार्यालय दोधारा चाँदनीको आयोजना र दोधारा चाँदनी नगरपालिकाको आर्थिक सहयोगमा ६०४ औं बिटिसी र ४४७ औं पिटिसी स्काउट आधारभुत तालिम सञ्चालन गरिएको हो । दोधारा चाँदनी नगरपालिकामा विटिसी तथा पिटिसी तालिम पहिलो पटक सञ्चालन गरिएको नेपाल स्थानिय स्काउट दोधारा चाँदनीका संयोजक दुर्गा बडुवालले जानकारी दिनुभएको छ् । बिद्यार्थीहरुलाई स्काउट सेवा प्रति प्रतिवद्ध बनाउन र उनीहरुको शारिरिक, वौद्धिक, संवेगात्मक, सामाजिक र अध्यात्मीक विकासका लागि शिक्षकहरुलाई ६ दिने आवासिय तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

निस्वार्थ सेवाका लागि मानव शक्ति तयार पार्ने उदेश्य सहित विद्यालय स्तरमा मानव जनशक्ति तयार पार्ने लक्ष्य राखिएको संयोजक दुर्गा बडुवालले बताउनुभएको छ् । आधारभूत तालिममा पुरुषको तालिम कोर्षलाई बिटिसी तथा महिलाको तालिम कोर्षलाई पिटिसी भन्ने गरिन्छ् । शिक्षकहरुलाई तालिम पश्चात बिद्यालयमा बिद्यालय स्तरिय नेपाल स्काउट गठन गरि तालिम प्राप्त शिक्षकहरुले प्रशिक्षण गर्ने योजना अनुसार तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकाको मालिका आधारभुत बिद्यालयमा आयोजित स्काउटको बिटीसी र पिटिसी तालिममा बोल्दै दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बालबालिकालाई जिवन उपयोगी शिक्षा दिने, सुयोग्य नैतिकवान र अनुशासित नागरिक तयार गर्ने स्काउटको उद्देश्य अनुसार महत्वपूर्ण कामको सुरुवात गरिएको बताउनुभएको छ् । नगर भित्र रहेका विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई अध्ययन संगै स्काउटमा आवद्ध गराई जिवन उपयोगी ब्यवहारिक शिक्षा दिन सकिने उहाँले बताउनुभयो ।

शिक्षकहरुलाई शारीरिक, बौद्विक, सामाजिक, आध्यात्मिक र संवेगात्मक विकासमा सहयोग पुर्‍याउने र विद्यालयमा बालबालिकालाई जीवन उपयोगी शिक्षा दिने, सुयोग्य नैतिकवान र अनुशासित नागरिक तयार गर्ने स्काउटको उद्देश्य अनुसारको तालिम सञ्चालन गरिएको नगरप्रमुख किशोर कुमार लिम्बुको भनाई रहेको छ् । तालिममा दोधारा चाँदनी नगरपालिका क्षेत्रका ४२ जना शिक्षक, शिक्षिकाको सहभागिता रहेको नेपाल स्थानिय स्काउट दोधारा चाँदनीले जनाएको छ् ।

अन्तर्राष्ट्रिय स्वयंसेवी संस्था स्काउटको गतिविधी नेपालमा २००९ सालबाट शुरु भएपनि २०५० सालमा नेपाल स्काउट ऐन आएपछि मात्र कानुनी रुपमा निर्देशित भएर गतिविधी कार्यक्रम शुरु गर्दै आएको कार्यक्रममा बताईएको छ् ।

ताजा समाचार