कञ्चनपुर यू-१६ पुरुष क्रीकेट खेलाडीको बिदाई, दार्चुला संग पहिलो खेल खेल्ने

महेन्द्रनगर: एशियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार एसिसी पुरुष यू-१६ इस्ट जोन कप -२०२५ प्रतियोगिताको लागि कञ्चनपुर जिल्ला क्रीकेट संघद्वारा छनौट गरिएका यु-१६ पुरूष क्रिकेट खेलाडीको बिदाई गरिएको छ।

आइतबार एक कार्यक्रमका साथ कञ्चनपुर जिल्ला क्रीकेट संघले कञ्चनपुर जिल्ला उद्योग वाणिज्य संघको सभा हलमा कञ्चनपुर जिल्ला क्रीकेट संघका अध्यक्ष बिरेन्द्र चन्दको अध्यक्षता भीमदत्त नगर खेलकुद विकास समिति अध्यक्ष सरोज चन्दको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गर्दै खेलाडीको बिदाई गरिएको हो।

प्रतियोगिताको सफलताको शुभकामना दिदै खेलाडी लाई दोसल्ला र अबिर टीका लगाएर शुभकामना दिदै बिदाई गरिएको कञ्चनपुर जिल्ला क्रीकेट संघका सचिव विशाल सोनारले बताउनु भयो।

प्रतियोगिताका लागि टिमको कप्तानको जिम्मेवारी आयुश चन्द लाई दिएको छ। भने टिममा कप्तान आयुश चन्द, राहुल चन्द, अंकित चन्द, मनिश चन्द, रबि दमाई, युशान पनेरु, प्रेम ओड, सन्देश बस्याल, मनोज चन्द, जग्दिश बिष्ट, हिमाल पन्त, निरज सिंह कार्की, रितेश बिष्ट र दिपेश भाट लगायत १४ सदस्यीय खेलाडी रहेका छन्। टिमको व्यवस्थापकको जिम्मेवारी गणेश आग्री र प्रशिक्षकमा जनक धानुक रहेका छन्।

कार्यक्रमको सभापति कञ्चनपुर जिल्ला क्रीकेट संघका अध्यक्ष एवं नेपाल क्रीकेट संघका सदस्य बिरेन्द्र चन्द, भीमदत्त नगर खेलकुद बिकास समिति अध्यक्ष सरोज चन्द प्रमुख अतिथि, सुदूरपश्चिम प्रादेशिक क्रीकेट संघका कार्यसमिति सदस्य आशिष कुमार खत्री लगायतको उपस्थिति रहेको छ। कञ्चनपुर क्रीकेट संघका सचिव विशाल सोनारले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो।

जेठ ८ गते देखि सञ्चालन भएको प्रतियोगितामा दुई समुहमा बिभाज गरि खेल सुरु भएको थियो। समुह ‘ए’ तर्फ बैतडीमा प्रतियोगिता भएको थियो। उक्त समुहको बिजेता टिम डडेल्धुरा फाइनल पुगेको छ। समूह ‘बि’ अन्तर्गत कञ्चनपुर कैलाली ,अछाम र दार्चुला रहेका छ। पहिलो खेल आज २ फाप्ला क्रीकेट मैदानमा कञ्चनपुरले दार्चुलाको सामना गर्ने छ।

ताजा समाचार