अंगे्रजी विषयमा स्नातकोत्तर गरेकि दिदी बहिनी एकै पटक सरकारी सेवामा प्रवेश, परिवारमा उत्साह

महेन्द्रनगर: अध्ययनपछि अध्यापनका लागि एकै घरका दुबै छोरीले सरकारी सेवामा प्रवेश गरेकी छन्।

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका -८ धामी परिवार का एउटै घरकी दुई दिदी बहिनी एकै पटक शिक्षक सेवा पास गरि सरकारी जागीरमा प्रवेश गरेकी हुन।

बुवा जयसिंह धामी र आमा कमलादेवी धामी की माइली छोरी देवकी धामी निम्न माध्यमिक तृतीय श्रेणीमा सफलता हासिल गर्दै बझाङ जिल्ला बाट सिफारिस भएकी छन् भने उनकि कान्छी छोरी उर्मिला धामीले प्राथमिक तृतीय श्रेणी मा जिल्ला अछाम बाट सिफारिस भएकी छन्।

“अथक प्रयास कठोर परिश्रम, राम्रो सफलता” का साथ दुबै दिदिबहिनीले शिक्षक सेवा पास गरि सरकारी सेवामा प्रवेश गर्दा आफू धेरै खुसी छु । उर्मिला धामिले बताइन् । उनले आफ्नो दोस्रो प्रयासमा जागिर खाएकी हुन। १ देखि १२ सम्म त्रिभुवन माध्यमिक विद्यालय तिलाचौर बाट अध्ययन गरेकी उनले ११ र १२ आइएड गरेकी उनले सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस मानविकी तथा सामाजिकशास्त्र संकाय बाट स्नातक तह र स्नातकोत्तर अंगे्रजी विषयबाट पास गरेकी हुन। दिदि देवकीले सिद्धनाथ बहुमुखी क्याम्पस बाट स्नातक गरेकी उनले स्नातकोत्तर जनज्योति बहुमुखी क्याम्पस महेन्द्रनगर देखि अंगे्रजी विषय बाट पास गरेकी हुन।

सामान्य परिवारमा जन्म लिई हुर्किएकि दुबै दिदीबहिनीले आफ्नो निरन्तर अध्ययन सँग संगै संस्थागत विद्यालयमा शिक्षण पेशा अंगाल्दै पढाई लाई निरन्तरता दिदै शिक्षक सेवा आयोगको लागि स्थायी सेवामा प्रवेश गरि घरपरिवारमा समेत उत्साह छाएको छ। कडा मेहनतका साथ स्थायी सेवामा प्रवेश हुँदा समेत समाजमा समेत प्रेरणाका स्रोत संगै एक उदार असम्भव लाई पनि सम्भवको उदाहरण रुपि दिदिबहिनीको पहिचान समेत बनाएकी छन्।

ताजा समाचार