विद्यालयको बृद्धि विकासका लागि लक्ष्मी मावि खैरभट्टीमा धार्मिक, शैक्षिक विज्ञान महोत्सव


कञ्चनपुर :  कञ्चनपुरको भीमदत्तफागुन ७ नगरपालिका १५खैरभट्टीमा रहेको लक्ष्मी माध्यामिक विद्यालयले महालक्ष्मी धार्मिक तथा शैक्षिक ज्ञान विज्ञान महोत्सव आयोजना गरेको छ । विद्यालयको बृद्धि विकासका लागि भन्दै विद्यालयले बिहीबारदेखि महालक्ष्मी धार्मिक तथा शैक्षिक ज्ञान विज्ञान महोत्सव आयोजना गरेको हो । लक्ष्मी माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र सिह साउदले ग्रामिण भेगमा रहेको विद्यालयको बृद्धि विकास गर्दै शैक्षिक स्तर सुधारका लागि महायज्ञ संचालन गरेको बताए ।

महालक्ष्मी धार्मिक तथा शैक्षिक ज्ञान विज्ञान महोत्सव मुल आयोजक समारोहका संयोजक समेत रहेका अध्यक्ष साउदले सातदिनसम्म संचालन हुने महोत्सवमा उद्घाटनका लागि कलश यात्रा, कथा वाचन, दादा सम्मान, आरती, योग विज्ञान शिबिर, विवाह, ब्रतबन्द सहितका संस्कार हुनेछन । विद्यालयमा अक्षयकोष निर्माण गरेर विपन्न विद्यार्थीको अध्ययनमा टेवा पु¥याउने उदेश्यका साथ ज्ञान महायज्ञ संचालन गरिएको उनले बताए । विश्वहिन्दु महासंघ अन्र्तराष्ट्रिय प्रभारी हरिशरण महराज सहितले प्रबचन दिने कार्यक्रम रहेको छ । लक्ष्मी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक प्रकास बहादुर चन्दले शिक्षक आफैले अक्षयकोष निर्माणका लागि सहयोग गरेको बताए ।

प्रअ चन्दले विद्यालयको पठन पाठन प्रभावित नहुने गरेर शैक्षिक ज्ञान विज्ञान महोत्सव संचालन हुने बताए । अभिभावक, विद्यार्थीहरुमा समेत ज्ञानविज्ञानको चेतना फैलाउन सके थप विद्यालयको संस्थागत विकास हुने उनले बताए । घटाल माविका पुर्व शिक्षक शिक्षक नरेन्द्र भण्डारीले समाजिक सचेतनाका लागि कार्यक्रम प्रभावकारी हुने बताए । विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य गोबिन्द नाथ(महाराज)ले धार्मिक, ज्ञान विज्ञानबाट समाजिक सचेतना आवश्यक रहेको औल्याए । ७दिनसम्म महोत्सव संचालन हुनेछ । विद्यालयको बृद्धि विकासका लागि आयोजना गरिएको महोत्सव सफल पार्नुपर्ने भन्दै स्थानीय समेत जुटेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img