पुनर्वासमा चौथो द फोर्स कप खुल्ला फुटबल प्रतियोगिता सुरु

लामा परिवारले गरे उपविजेताको लागि पुरस्कार प्रायोजन, विजेताले २ लाख २२ हजार २ सय २२ रुपैया पाउने

कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्र खेलमय संगै एक पछि अर्को चौथो द फोर्स कप खुल्ला फुटबल प्रतियोगिता २०८१ उद्धघाटन भएको छ।

मंगलबार एक कार्यक्रमको आयोजना गर्दै न्यू बिरेन्द्र युवा क्लब पुनर्वास नगरपालिका वडा नं. १ वीर बलभद्रबस्ती कञ्चनपुरको आयोजनामा चौथो द फोर्स कप खुल्ला फुटबल प्रतियोगिता २०८१ एक कार्यक्रमका बिच उद्धघाटन भएको हो।

कान्छा लामा तामाङ सभापति , वडा न १ का अध्यक्ष मोहन लाल रानाको प्रमुख अतिथिमा खुल्ला पुरुष फुटबलको उद्धघाटन गर्नु भएको थियो। गोर्खा रेजिमेन्ट र न्यू बिरेन्द्र युवा क्लब बिच भएको उद्धघाटन मैत्रीपूर्ण खेलमा न्यू बुरेन्द्र युवा क्लब ले २-० गोलको अन्तरले गोर्खा रेजिमेन्ट क्लब लाई हराउदै जित निकालेको कोषाध्यक्ष जित बहादुर तामाङले बताएका छन्। प्रतियोगिता सञ्चालनको लागि आर्थिक पार्ट मुख्य रहेको र यसलाई समापन गर्न सहयोगी दाताको मुख्य हात रहेको कोषाध्यक्ष तामाङको बनाई रहेको छ।

२ लाख २२ हजार २ सय २२ र १ लाख ११ हजार १ सय ११ रुपैया ट्रफी प्रमाणपत्र मेडल हात पार्ने छन। प्रतियोगिताको उत्कृष्ट विभिन्न विधाका खेलाडी लाई समेत पुरस्कारको व्यवस्था रहेको आयोजक क्लबका सह-सचिव मोन्चा तामाङले बताएको छ। प्रतियोगिताका खेलहरु माघ १८ गते देखि सुरु हुने छन्।

फोटो फिचर :

ताजा समाचार