कञ्चनपुर : भूमी सम्बन्धी समस्या समाधान गर्नका लागि गठित भूमि आयोग कञ्चनपुरका नव नियुक्त अध्यक्ष नेत्र प्रसाद पन्तले पदभार ग्रहण गरेका छन । सोमबार एक कार्यक्तमका विच भूमि आयोगका जिल्ला अध्यक्ष पन्तले पद्भार ग्रहण गरेका हुन ।

पद्भार ग्रहण गर्दै पन्तले आफुले विगतका आयोगले गरेका कामकाजको स्वामित्व ग्रहण गर्दै भूमि सम्बन्धी समस्या समधान गर्ने प्रतिज्ञा गरेका छन । उनले अब यो आयोग अन्तिम भन्दै समस्या समाधान गरेर जनतालाई जमिनको मालिक बनाउने काममा जुट्ने बताए । अध्यक्ष पन्तले सरकारले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रण गरेका छन ।

पद्भार ग्रहण कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले जनअपेक्षा अनुरुप कार्य सम्पादनमा सुझाव दिएका छन । कार्यक्रममा एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्ट, युवा नेता बचन सिह, रविन्द्र कुँवर, कल्पना चौधरी, बेलौरीका उपप्रमुख जोगराम चौधरी विभिन्न सरकारी कार्यालयका प्रमुख एव प्रतिनिधी सहितको सहभागिता रहेको थियो ।







