सरस्वती माध्यमिक विद्यालयको ४० औं बार्षिक उत्सव समारोह सम्पन्न


झलारी : शुक्लाफाँटा नगरपालिका ११ अमरपुर स्थीत सरस्वती माध्यमिक विद्यालयको ४० औं बार्षिक उत्सव समारोह आतइतवार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदरम बहादुर बुढाऐरको सभापतित्वमा बार्षिक उत्सव समारोह आयोजना गरिएको हो । समारोहको प्रमुख अतिथिमा नगर प्रमुख रण बहादुर महरा, बिशिष्ट अतिथिमा नगर उप प्रमुख कल्पना पन्त, वडा अध्यक्ष शेर बहादुर साउद रहनु भएको थियो ।

बार्षिक उत्सव समारोहको उद्घाटन गर्नु हुदै नगर प्रमुख महराले विद्यालयको चौतर्फि विकासमा कमी हुन नदिने बताउनु भएको छ । उहाँले सामुदायिक विद्यालयको गुस्तर सुधार गर्नका लागि प्रद्यानाअध्यापक व्यवस्थापन, तहगत शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन लगायतका कार्य गरिएको बताउनु भयो ।
चालु शैक्षिक सत्रमा शिक्षा क्षेत्रमा ठुलो लगानी गरिएको चर्चा गर्नु हुदै उहाँले बजेटको केही हिस्सा यस विद्यालयले पनि प्राप्त गरेको बताउनु भयो । सहयोगमा कमी नहुने उल्लेख गर्नु हुदै उहाँले सबै मिलेर विद्यालय सुधारमा लागेमा नमूना विद्यालयका रुपमा परिणत हुने बताउनु भयो ।

परिणाम आउने गरी नतिजामुखि कार्य गर्न उहाँले विद्यालयमा कार्यरत शिक्षकलाई कर्तव्यनिष्ठ भएर कार्य गर्न आव्हान गर्नु भयो । सामुदायिक विद्यालय सुधारका लागि अभिभावक, शिक्षक, जनप्रतिनिधि, समाजका अगुवा व्यक्तिहरुको सहयोगको खाँचो रहेको कुरा उहाँले औंल्याउनु भयो । भौतिक पूर्वाधार अभाव रहेका चार वटा विद्यालयमा चालु शैक्षिक सत्रका चार वटा विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरी कार्य अगाडी बढाईएको उहाँको भनाई थियो । लागु औषध समाजका लागि समस्याका रुपमा रहेको कुरामा जोड दिदै उहाँले बालबालिकालाई यसको कुलतबाट जोगाउनका लागि शिक्षक अभिभावकले महत्वपूर्ण भूमिका निभाउनु पर्ने बताउनु भयो ।

नगर उप प्रमुख कल्पना पन्तले आफनत्वको भावना अनुसार विद्यालयको विकासका लागि सधैं कटिवद्ध भएर लाग्ने बताउनु भयो । उहाँले शिक्षा क्षेत्रमा सुधारका लागि कार्यपालिकाले महत्वपूर्ण निर्णयहरु गरी विद्यालय समायोजन देखि तहगत शिक्षक, प्रअ दरबन्दी मिलानको कार्य गरीएको बताउनु भयो । विद्यालयको विकासका लागि अभिभाकत्वको भावना अनुरुप कार्य गर्न अग्रसर रहेको उहाँले बताउनु भयो । विद्यालय क्षेत्र भित्रको फोहर व्यवस्थापनको कार्य गर्नु पर्नेमा उहाँको जोड थियो । वडा अध्यक्ष शेर बहादुर साउदले रुखको छहारीमूनीबाट शुरु गरिएको विद्यालय स्थापनाको अहिले ४० वर्ष पुगेकोमा उहाँले खुसि व्यक्त गर्नु भयो । उहाँले विद्यालयको विकासका लागि योगदान दिने व्यत्तित्वहरुको इतिहास मेटाउने कार्य कसैले पनि गर्न नहुनेमा जोड दिनु भयो । विद्यालयको अधुरो अपुरो पर्खाल निर्माणको कार्य पुरा गर्नका लागि बजेटको व्यवस्थापन गर्नका लागि प्रतिवद्ध भएर लाग्ने बताउनु भयो ।

विद्यालयको अन्य भौतिक पूर्वाधार विकासका कार्यका लागि प्रदेश, संघीय सरकार संग योजना माग गर्नका लागि विद्यालयको साथमै रहेको उहाँको भनाई थियो । बार्षिक उत्सव समारोहमा पूर्व वडा अध्यक्ष दिल बहादुर बुढा, समाजसेवी नवराज पन्त, टेक बहादुर भण्डारी लगायतले सुभकामना मन्तव्य राख्नु भएको थियो । विद्यालयका प्रद्यानाअध्यापक भरत बहादुर तिरुवाले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img