सुनदेवीको अध्यक्षमा पुनः बिष्ट चयन


झलारी : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको सुनदेवी मध्यवर्ती उपभोक्ता समितिको अध्यक्ष पदमा भरत बहादुर बिष्ट तेश्रो पटक चयन हुनु भएको छ । समितिको छैटौं अधिवेशनबाट बिष्ट सर्वसम्मतीका आधारमा चयन हुनु भएको हो ।
अधिवेशनवाट उपाध्यक्षमा धर्मा ऐर भण्डारी, सचिवमा दामोदर जोशी र कोषाध्यक्षमा हवलदार चौधरी चयन भएका छन ।

सदस्य पदमा पुष्कर वहादुर सिह, प्रेम वहादुर धानुक, लक्ष्मी साउद, खेमा मल्ल, ओम भण्डारी, नन्दलाल भट्ट, दुर्गादत्त भट्ट (दिनेश), वलदेव पाण्डेय र कृष्ण वहादुर ऐर चयन भएका छन । नव निर्वाचित समितिको कार्य अवधी पाच वर्षको रहने छ । सुनदेवी मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत शुक्लाफाटा नगरपालिकाको वडा नं ६,७ र १० का ६५ वटा उपभोक्ता समुह रहेका छन ।

राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ मध्यवर्ति क्षेत्र नियमवाली २०५२ र निर्देशिका २०५६ बमोजिम शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ति उपभोक्ता समितिका पदाधिकारी चयन गरिएको नव निर्वाचित अध्यक्ष भरत बहादुर बिष्टले बताउनु भयो । उहाँका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा २०६१ सालमा मध्यवर्ति क्षेत्र घोषणा भएपछि यस अन्तर्गत नौ वटा मध्यवर्ती उपभोक्ता समितिहरुले संरक्षणको कार्य गर्दै आइरहेका छन । निकुञ्ज र स्थानीय बासिन्दा बीच सुमधुर सम्बन्ध कायम गर्न समितिको ठूलो भुमिका रहने गरेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img