पप्पु गुरुङ्ग, दोधारा । शित लहर संगै जाडो बढदै गएपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विपन्नलाई न्यानो कम्बल (ब्लेङकेट) वितरण गरिएको छ् । नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाको आयोजनामा र दोधारा चाँदनी नगरपालिका– १० वडा कार्यालयको आर्थिक सहयोगमा दोधारा चाँदनी नगरपालिकाको वडा नं. ६ देखि १० वडा सम्मका विपन्न, असाहय, आपांगता भएका २५ जना घरपरिवारहरुलाई छनौट गरि कम्वल बितरण गरिएको नेपाल रेडक्रस सासाईटी दोधारा उपशाखाका शाखा सभापती राजेन्द्र मल्लले जानकारी दिनुभएको छ् । जाडो बढे पछि समस्यामा परेको अति विपन्न परिवारलाई राहत दिने उद्देश्यले न्यानो कम्वल बितरण गरिएको नेपाल रेडक्रस सासाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्लले बताउनुभएको छ् ।
नेपाल रेडक्रस सासाईटी दोधारा उपशाखाको सेवा क्षेत्रमा रहेको वडाहरुमा बिगत लामो समय देखि रेडक्रस उपशाखाले जाँडोको समयमा विपन्न घरपरिवारलाई राहतको लागी कम्बल बिरतण गर्दै आएको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिका– १० का वडा अध्यक्ष चन्द्र बहादुर सिंहले रेडक्रस उपशाखाले आफ्नो सेवा क्षेत्रमा बिगतका दिनहरु देखि मानविय कार्यमा राम्रो सहयोग गर्दै आएको बताउनुभएको छ् । रेडक्रस शाखाले कोरोना संक्रमण, बाढी आएको बेला लगाएत विपद्को समयमा मानविय कार्य गर्दै आएको भन्दै प्रशंसा गर्नुभएको छ् । सुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना मगरले जाँडोको बेला विपन्न समुदायका घरपरिवारलाई न्यानोको लागी कम्वल बितरण गरिएको कार्य रचनात्मक रहेको बताउनुभएको छ् ।
रेडक्रस सोसाईटी उपशाखाको रचनात्मक कार्यले जाडोयाममा केही बिपन्नहरुले राहत पाएको उहाँले बताउनुभयो । विपन्नहरुलाई कम्वल बितरण कार्यको आयोजना गर्ने तथा सहयोग गर्ने वडा नं. १० वडा कार्यालयलाई बिशेष धन्यबाद दिदै सुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर रानाले आगामी दिनहरुमा रेडक्रस साईटी दोधारा उपशाखाले संचालन गर्दै रचनात्मक क्रियाकलापमा प्रदेश सरकार सदा सहयोग रहने बताउनुभयो । चिसो अत्यधिक बढेका बेला न्यानो कम्बल पाए पछि विपन्नहरु खुशी बनेका छन् ।
कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना, दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा जोशी, दोधारा चाँदनी नगरपालिका– १० का वडा सदस्य चन्द्र बहादुर सिंह, वडा सदस्य कमला उपाध्याय, लगाएत रेडक्रसकर्मी, स्थानियबासीहरुको सहभागिता रहेको थियो ।