वडा अध्यक्षको सह्रानिय कार्य : वडा कार्यालय परिसरमा चिटिक्क फुलवारी

राजेन्द्रप्रसाद पनेरु/झलारी :चारै तिर फुलका बारी छन । सजाईएका गमलामा फुल फुलेका छन । हेर्दै आकर्शक बनाईएको छ शुक्लाफाँटा नगरपालिका १० को वडा कार्यालय । कार्यालय परिसरमा विहानीको झिसमिसेमै फुलवारी गोडमेल गर्दै, गमलामा रोपिएका फुलमा पानी छर्दै गरेको अबस्थामा भेटिन्छन वडा अध्यक्ष लाल बहादुर ऐर ।

फुल स्याहार्ने कार्य उहाँको दैनिकीनै हो । कार्यालय बाहेकको समय वडा अध्यक्ष ऐरले फुलबारीको रेखदेखमा विताउनु हुन्छ । फुल गोडमेल गर्ने, सिचाई गर्ने, बारी बनाउने कार्यमा उहाँ एक वर्ष देखि लाग्दै आउनु भएको छ । आफुले पाउने पारिश्रमिकको रकम खर्चेर उहाँले वडा कार्यालयलाई आकर्शक बनाउनु भएको छ । वडा कार्यालयमा आउने सेवाग्राहीले पालो पर्खदा फुल संग रमाउने गरेका छन । फुल संग कोही सेल्फी खिच्छन । कोही फोटो खिच्ने र भिडियोको रिल बनाउने, टिकटक बनाउने कार्यमा लागेका हुन्छन ।

“फुलवारी निर्माणले कार्यालयको सौन्दर्यता बढाउने कार्य गरेको छ” उहाँ भन्नु हुन्छ, “,वातावरण स्वच्छ राख्नका लागि सहयोग गर्छ, सेवा लिन आएका सेवाग्राही पालो पर्खनु पर्दा फुल बारीमा रमाउ छन, आनन्दको अनुभूती गर्छन ।” फुलाबारी बनाउने कार्यले समाजमा सकारात्मक सन्देश जाने र अरुले पनि यसकै अनुसरण गरेर घर घर सजावट गर्न प्रेरणा मिल्ने उहाँको भनाई रहेको छ । वडा कार्यालय बाहेकको अधिकांस समय पसल, चोक चौराहमा अनावश्यक गफगाफमा भुल्नु भन्दा कार्यालयकै बाँझो रहेको परिसरमा फुलका विरुवा रोपेर हराभरा बनाउने कार्यमा जुटेको उहाँ बताउनु हुन्छ । बारीमा वडा अध्यक्षले स्थानिय प्रजातीका फुल संगै बाह्य क्षेत्रबाट मगाएर सय बढी प्रजातीका फुल रोप्नु भएको छ । कतै नमिल्ने फुल वडा कार्यालयको फुलवारीमा फुलेको अबस्थामा फेला पर्ने गरेको स्थानिय सुरेश भट्ट बताउनु हुन्छ ।

“कार्यालयको मुहारनै फुलवारी बनाएर फेर्नु भएको छ” उहाँले भन्नुभयो, “पहिले कार्यालय परिसरमा आउदा धुलो नै धुलो हुन्थ्यो, अहिले भुइमा सिमेन्टका टायल विछयाएका छन, वरिपरी पुरै फुलवारी छ, कार्यालय छिर्दा तनाव लिएर आउदा फुलवारी देख्दा त्यसै तनाव हटेर जान्छ ।” “वडामै रहेका बेला वडा अध्यक्षले फुलारी विरुवा रोप्ने देखि झारपात उखेल्ने, सिचाई गर्ने कार्य आफैं गर्नु हुन्छ,” वडाका कर्मचारी केशवराज जोशीले भन्नुभयो, “वडा अध्यक्ष बाह्य क्षेत्रमा गएका बेला कर्मचारीलेनै फुवारीको रेखदेख र स्याहार गर्दै आएका छौं ।

वडा अध्यक्षले मिहिनेत गरेर फुलवारी बनाउनु भएकाले त्यसमा सहयोग गर्न जति बेला तम्तयार हुने उहाँ बताउनु हुन्छ ।
कार्यालय परिसरमै बाँकी रहेको क्षेत्रमा हरियाली बनाउनका लागि चाइनिज दुवो रोप्ने र पोखरी सहितको फाउन्टेन राख्ने भावी योजना वडा अध्यक्षको रहेको छ । फुलबारी बनाउने स्याहार्ने कार्य संग वडा अध्यक्ष ऐरले कार्यालयमा कर्मचारी आउन अगावै कार्यालय परिसर, सडक क्षेत्रको सरसफाईमा आफैं जुटदै आउनु भएको छ

ताजा समाचार