कञ्चनपुर : उदय माध्यमिक विद्यालय कृष्णपुर वडा नं २बंक कञ्चनपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र बहादुर पाल “श्रीजन श्रीकोट सक्रियतामा स्थापित उदय मा विका विद्यार्थीहरूको साहित्यिक संस्था “उदय साहित्य समाज ” गठन भै विद्यार्थीहरूका लागि विविध कार्यक्रम सञ्चालनको क्रममा यही माघ ५ गते का दिन “रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम २०८१” भव्यता पुर्वक सम्पन्न भयेको छ ।

कृष्णपुर न पा वडा नं २का अध्यक्ष अर्जुन साउदको प्रमुख आतिथ्य तथा उदय माध्यमिक विद्यालयका पुर्व प्र अ तथा वरिष्ठ शिक्षक प्रेमदत्त कलौनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चार दर्जन वालवालिकाका कविता ,गीत गजल तथा नृत्य प्रस्तुत भयेका थिए। वालवालिकाहरूलाई कैलाली तथा कञ्चनपुरका एक दर्जन बढी साहित्यकारहरूका रचना वाचन गरिनुका साथै अग्रज साहित्यकारहरूलाई उदय साहित्य सम्मान २०८१ प्रदान गरिएको थियो ।

वाल प्रतिभाहरूको विकासका लागि गत वर्ष प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको समाजले यस वर्ष अग्रज साहित्यकारहरूसंग साक्षात्कार हुने गरि कार्यक्रम आयोजना गर्दै छिमेकि विद्यालयका विद्यार्थीलाई समेत सहभागी हुने अवसर प्रदान गरेको छ।

उदय साहित्य समाजका अध्यक्ष छात्रा बबिता कार्कीद्वारा सञ्चालित कार्यक्रमलाई रैकबार खबरले प्रत्यक्ष प्रसारण गरेको थियो । वडा कार्यालयले प्रबर्धन गरेको कार्यक्रममा बोल्दै वडा अध्यक्ष अर्जुन साउदले छिटै अन्तराष्ट्रिय स्तरको साहित्यिक कार्यक्रम आयोजना गरिने जानकारी दिनुका साथै उदय साहित्य समाजलाई बिस्तार गर्नु पर्ने सुझाव राख्नु भयेको थियो।
