कञ्चनपुर: कञ्चनपुरको बेदकोट नगरपालिका बसन्थला बस्ती र सामुदायिक वन जोड्न झोलुङ्गेपुल निर्माण हुने भएको छ । बेदकोट नगरपालिका २ बसन्थला बस्ती र सामुदायिक वन जोड्न झोलुङ्गेपुल निर्माण हुने भएको हो ।

आइबार बेदकोट नगरका मेयर भोजराज बोहराले बसन्थला झोलुङ्गेपुलको शिलान्यास गर्दै समयमै निर्माण कार्य सक्न निर्माण उपभोक्ता समितिलाई आग्रह गरेका छन ।

उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र देउवाले समयमै काम सक्ने बताए । गाँउमा झोपुङ्गेपुल बन्ने भएपछि स्थानीय समेत हर्षित भएका छन ।







