कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा युवाहरुले सरसफाईको लागी ‘साँझा अभियान’ थालेका छन् । दोधारा चाँदनी नगरपालिकाममा गठन भएको उत्थानशिल युवा सञ्जालले दोधारा चाँदनी नगरपालिका– ४ मा रहेको चाँदनी स्वास्थ्य केन्द्र र वडा नं. २ मा रहेको खेलमैदान लगाएत क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेको उत्थानशिल युवा सञ्जाल दोधारा चाँदनीका नगर संयोजक दुर्गा बडुवालले जानकारी दिनुभएको छ् । शनिवार सबेरै दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु र युवाहरु जमात हातमा कुचो लिएर उत्रिएपछि स्थानियबासीहरु अच्चमित परेका छन् । बिहानै स्वाथ्य केन्द्र र खेलमैदानमा रहेको फोहर र झाँडी सफा सुग्घर गरेको सञ्जालका नगर संयोजक दुर्गा बडुवालले बताउनुभयो । युवाहरुको सरसफाईको ‘साँझा अभियान’ मा जनप्रतिनिधी र स्थानियबासीहरुले समेत सघाएको संयोजक दुर्गा बडुवालले बताउनुभएको छ् । जनप्रतिनिधी सम्मलित युवाहरुले स्वास्थ्य केन्द्र र खेलमैदानमा रहेको फोहर सफा सुग्घर गर्दै आफ्नो ‘गाँउ आफै सफा राखौं सन्देश’ दिदै सरसफाई कार्यक्रम सम्पन्न गरिएको संयोजक बडुवालले बताउनुभयो ।
सरसफाई कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले नगरपालिका क्षेत्रलाई सफा र स्वच्छ नगरपालिका बनाउने कार्यमा सबै नागरिकको दायित्व रहेको बताउदै उत्थानशिल युवा सञ्जालले रचनात्मक काम गरेर दोधारा चाँदनी नगरपालिकामा नयाँ सन्देश दिदै आएको बताउनुभएको छ् । बाढी आएको बेला होस् वा बिभिन्न सामाजिक कार्यमा उत्थानशिल युवा सञ्जालले स्थानिय सरकारलाई सघाउदै आएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।
सञ्जालले स्वतन्त्र रुपमा जलवायु परिवर्तन अनुकुलन, विपद् व्यवस्थापन र अन्य क्षेत्रमा समेत प्रभावकारी रुपमा रचनात्मक क्रियाकलाप गर्दै आएको नगरप्रमुख किशोर कुमार लिम्बुले भनाई रहेको छ् । युवाहरुलाई सामाजिक कार्यप्रति उत्तरदायी तथा जिम्मेबार बनाउन साथै विपद्को समयमा स्व–स्फुर्त रुपमा सहयोग पुर्याउने उद्देश्यले नगर स्तरिय उत्थानशिल युवा सञ्जाल गठन गरिएको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् ।
सरसफाई कार्यक्रममा दोधारा चाँदनीका युवाहरुको उत्साहजनक उपस्थिती रहेको थियो । सञ्जलमा १ सय बढी युवाहरु आबद्ध रहेको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।