‘नगरको समृद्धिका लागि खेल क्षेत्रको विकास आवश्यक’ : मेयर लिम्बु


दोधारा । दोधारा चाँदनी नगरपालिकाको समृद्धि र बिकासको लागी खेल क्षेत्रको महत्वपुर्ण योगदान हुन आवश्यक रहेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकामा जारी संस्थागत बिद्यालयको छाता संगठन निजी बिद्यालय क्षेत्रिय कमिटि दोधारा चाँदनीले आयोजना गरेको आठौं खेलकुद महोत्सव कार्यक्रमको उद्धघाटन सत्रमा बोल्दै नगर प्रमुख किशोर कुमार लिम्बुले यस्तो बताउनुभएको हो । खेलकुद क्षेत्रको विकास गर्न सके राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती कमाउन सकिने भन्दै नगरप्रमुख लिम्बुले नगरपालिका खेलकुद गतिविधि थप अघि बढाउन तयार रहेको समेत स्पष्ट पार्नुभएको छ् । निजी बिद्यालय क्षेत्रिय कमिटि दोधारा चाँदनीले आयोजना गरेको आठौं खेलकुद महोत्सव कार्यक्रमको उद्धघाटन सत्रमा बोल्दै नगरप्रमुख किशोर कुमार लिम्बुले खेलाडीलाई निर्धक्क भएर खेल क्षेत्रमा लाग्नको लागि संघिय सरकारले प्रत्याभुती गराउनुपर्ने बताउनुभयो ।

स्थानीय सरकार र संघ बीचको सहकार्यमा ठुलो खेलकुदका गतिविधि बढाउन सकिने भन्दै उहाँले त्यसको लागि नगरपालिका हातेमालो गर्न तयार रहेको समेत बताउनुभएको छ् । खेल क्षेत्रमा लाग्ने खेलाडीलाई सम्मान तथा खेल क्षेत्रबाट हुने पलाय रोक्न सके मात्र खेल क्षेत्रको विकास हुने उहाँको भनाई रहेको छ् । राष्ट्रको नाम संगै व्यक्तिको नाम र प्रतिष्ठा संग जोडिएको खेल क्षेत्रको बिकास हुन आवश्यक रहेको उहाँको भनाई रहेको छ् ।

खेल क्षेत्रको विकासले देशको समृद्धि संगै हरेक मानिसलाई शारिरीक तथा मानसिक रुपमा स्वस्थ बन्न महत्वपूर्ण भूमिका खेल्ने नगर प्रमुख लिम्बुको भनाई छ् । खेलकुद क्षेत्रलाई अघि बढाउने उद्देश्य अनुरुप दोधारा चाँदनी नगरपालिकाले नगर स्तरिय खेलकुद मैदानलाई ब्यवस्थीत बनाउने अवधारणा अघि सारेको छ् ।

दोधारा चाँदनी नगरपालिकाको एक्लो प्रयासले नगर क्षेत्रमा खेलकुद बिकासमा सम्भव नभएको हुदा प्रदेश सरकार र संघिय सरकार समेत एक जुट हुन आवश्यक रहेको नगरप्रमुख लिम्बुको भनाई रहेको छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img