नेपाल माेबाइल व्यवसाय संघद्वारा खुल्लामञ्चमा सरसफाई


महेन्द्रनगर  : कञ्चनपुर महेन्द्रनगरमा रहेका माेबाईल व्यवसायीहरुले खुल्लामञ्चमा सरसफाई कार्यक्रम सम्पन्न गरेका छन ।  मंगलबार भीमदत्त नगरपालिका-०४ मा रहेकाे खुल्लामञ्चमा नेपाल माेबाइल व्यवसाय संघ कञ्चनपुरले खेलमैदानकाे फाेहाेर उठाई सरसफाई कार्यक्रम सम्पन्न गरेको हाे।

माेबाइल व्यवसाय संघ कञ्चनपुरले बिगतमा पनि यस्तै समाजिक क्रियाकलापमा आफ्नो सहभागिता जनाउदै आइरहेकाे थियाे भने यस कार्यक्रमलाई निरन्तरता दिदै आज उक्त कार्यक्रमकाे आयोजना गरेकाे संघका अध्यक्ष रमेश चन्द ले बताएका छन । माेबाइल व्यवसायहरु नाफामुखी मात्र नभई समाजिक सेवामुखी पनि भएका आमसर्वसाधारण जनमानसमा अवगत गराउन चाहेको संघका अध्यक्ष चन्दकाे भनाइ रहेकाे छ ।

आगामी दिनमा समाजिक कार्यमा अग्रसर हुदै केहि दिन पछि बेटमेन्टिङ खेलाडीहरुलाई खेल खेलाउने  कार्यक्रम अनुसार अघि बढेकाे जानकारी गराउदै सधैं समाजिक कार्यमा माेबाइल संघ पनि अग्रसर हुने प्रतिवद्ध रहेकाे अध्यक्ष चन्दले बताएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img