दोधारा चाँदनीको दुर्गम बस्ती समेत सडक सञ्जालमा जोडिदै, स्थानियबासीहरुमा खुशीयाली

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका ग्रामिण भेगका कच्ची सडक पक्की सडक बन्न थालेपछि स्थानियबासीहरु हर्षित भएका छन् । संघीयता आउनु भन्दा पहिला पक्की सडकबाट विमुख रहेका दोधारा चाँदनी नगरपालिकाका कच्ची सडकहरु पक्की सडक सञ्जालमा जोडिन थालेको स्थानियबासीहरुले बताएका छन् । अहिले दोधारा चाँदनीको वडा नं. ७ मा संघिय सरकारको आयोजनामा ३ किलोमिटर पक्की सडक निमार्ण क्रममा रहेको छ् । शहरी बिकास मन्त्रालय योजनामा नगर क्षेत्रको बिभिन्न वडाहरुमा ७ किलोमिटर सडक निमार्ण संचालनमा रहेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

शहरी बिकास मन्त्रालयको योजनामा पक्की सडक निमार्ण मात्र नभई वडा नं. २ मा रहेको खेल मैदानमा ४ कोठे आय आर्जन भवन संगै प्याराफिट निर्माण, वडा नं. ७ को बाबाथान बजारमा ८ कोठे आय आर्जन भवनको निमार्ण कार्य दु्रत गतीमा सुरु भईरहेको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । शहरी बिकास मन्त्रालयबाट ७ किलोमिटर पक्की लगाएत संघिय, प्रदेश सरकार संग नगरपालिकाको मेचिङ कोषबाट ७ किलोमिटर गरि नगरपालिकाको बिभिन्न वडाहरुमा चालु आर्थिक वर्षमा झण्डै १४ किलोमिटर साना, ठुला पक्की सडक योजनाको निमार्ण कार्य संचालनमा रहेको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

सडकको पहुँच नभएको सबै वडा टोल, बस्तीमा सडक सञ्जाल संग जोड्ने काम भईरहेको नगर प्रमुख लिम्बुले बताउनुभयो । आफुहरु निर्वाचित भएपछि पहिलो काम सडक विस्तारलाई प्राथमिकतामा राख्दै आएको नगर प्रमुख किशोर कुमार लिम्बुको भनाई रहेको छ् । अहिले निमार्ण भईरहेको बिकास निमार्ण कार्यको स्थलगत अनुगमन गर्ने स्थानियबासीहरु संग भेट गर्ने कार्यमा जनप्रतिनिधीको टोलीले तिब्रता दिएका छन् ।

सडक सञ्जालको विकासले सामाजलाई जोड्नुका साथै स्थानिय उत्पादनलाई बजारिकरण गरी जनताको आय आर्जनमा सहयोग पुगेको स्थानिबासीहरुको भनाई रहेको छ् । यस कार्यले दुर्गमलाई सुगममा परिवर्तन गरी आर्थिक समृद्धि कायम गर्न सहजता हुनेमा बिश्वास गरिएको छ् ।

 

ताजा समाचार