अरनिको आधारभुत बिद्यालयको ४६ औं वार्षिकोत्सब सम्पन्न

पुनर्वास– कंचनपुरको पुनर्वास नगरपालिका–२ मा अवस्थित अरनिको आधारभुत बिद्यालयको ४६ औं वार्षिकोत्सब समारोह सम्पन्न भएको छ । शनिबार एक भव्य समारोहका बीच पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले ४६ औं वार्षिकोत्सब समारोहलाई उद्घाटन गर्नुभएको हो । प्रमुख अतिथी नगर प्रमुख शर्माले अहिले शिक्षा व्यवस्था लचिलो भएसँगै बिद्यालयहरुमा शैक्षिक स्तर खस्किदो देखिएपनि यसलाई सुधारमा आफु निरन्तर केन्द्रित रहेको बताउनुभयो । उहाँले नगरपालिकाले गुणस्तरीय शिक्षा प्रदान गर्न र पर्याप्त भौतिक पुर्वाधारका विषयमा नगरपालिकाले सक्दो प्रयास गरिरहेको जानकारी दिनुभयो ।

सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक जितेन्द्र पौडेलले अन्य बिद्यालयहरुबाट आउने बिद्यार्थीहरु भन्दा अरनीको बिद्यालयका बिद्याथीहरु पढाईमा बलियो देखिएको बताउनुभयो । प्रधानाध्यापक तामाङले बिद्यालयको भौतिक अवस्था,शिक्षक दरबन्दीको अवस्था र आगामी दिनमा सुधार गर्न आवश्यक विषयलाई उपस्थित माझ जानकारी गराउनुभएको थियो । कार्यक्रमको समापनमा बोल्नुहँुदै बिद्यालयका अध्यक्ष दाउत तामा«ले बिद्यालयमा गुणस्तरीय शिक्षाका लागि आफु लागिपरिरहेको जानकारी दिनुभयो । उहाँले पहिलेको तुलनामा बिद्यार्थी संख्यामा समेत वृद्धि हुँदै गईरहेको र आगामी दिनमा अंग्रेजी माध्यम तर्फ ध्यान केन्द्रित भएको सुनाउनुभयो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दाउत तामाङको सभाध्यक्षमा सम्पन्न समारोहको विशिष्ट अतिथीमा पुर्व राष्ट्रिय सभा सदस्य ईन्दु कडरिया,वडा नम्बर २ का वडाध्यक्ष डम्बर बहादुर थापा रहनुभएको थियोे । भने विभिन्न व्यक्तिहरु अतिथीमा आसिन रहनुभएको थियो । नव आगन्तुक शिक्षक–शिक्षिकाहरुलाई र अक्षयकोषदाता शिव बिष्टका बुवाआमालाई सम्मान समेत गरिएको थियो । त्यसैगरी कार्यक्रममा बिधार्थीहरुले गायन र नृत्य प्रस्तुत गरेका थिए । शिक्षिका भुवनेश्वरी भट्टको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमलाई सञ्चालन शिक्षक भानुभक्त जोशीले गर्नुभएको थियो ।

ताजा समाचार