दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा जंगली हात्तीले आतंक मच्चाउदै आएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ बडुवाल टोल र वडा नं. ७ कञ्चनभोजमा भारतिय जंगलबाट भित्रिएको हात्तीको बथानले अन्नवाली खाएर, उद्यनेर नष्ट गर्दै आएको स्थानियबासीहरुले बताएका छन् । भारतिय जंगल संग जोडिएको कञ्चनभोज र बडुवाल टोल आसपास क्षेत्रमा जंगली हात्तीले स्थानिय किसानहरुको गहुँ र उखु खेती खाएर तथा उद्यनेर नष्ट गर्दै आएको छ् । बिगत लामो समय देखि भारतिय सिमा संग जोडिएको दोधारा चाँदनीका बस्तीहरुमा किसानहरुको अन्नपात खाएर तथा घरहरु भत्काउदै आएको हात्तीको बथान गहुँको सिजनमा फेरि बस्ती नजिक पसेर किसानहरुको खेतीपाती नष्ट गर्न थाले संगै किसानहरु समस्यामा पर्न थालेका छन् ।

दोधारा चाादनी नगरपालिका– ७ कञ्चनभोजमा किसानहरुले लगाएको गहुँ र उखुवाली नष्ट गर्दै आएको स्थानियबासी रामसिंह खड्काले बताउनुभएको छ् । समसााझै नजिकै रहेको भारतिय जंगलबाट हुल बाँधेर आउने जंगली हात्तीले दर्जनौ किसानहरुको गहुँ र उखुवाली नष्ट गर्दै आएको स्थानिबासी खड्काले बताए । साँझ हात्ती खेतवारीमा पस्ने र बिहान मात्र जंगल फर्किने गरेको स्थानियबासी खड्काको भनाई रहेको छ् ।

झण्डै एक महिना देखि उक्त क्षेत्रमा मध्यरातमा हात्तीको ठुला हुल आएर बस्तीमा आतंक मच्चाउदै आएको बताईएको छ् । यस्तै बडुवाल टोलमा मध्यरातको समयमा हुल बाँधेर आएको जंगली हात्तीको बथानले गहुँवाली नष्ट गर्दै आएको स्थानियबासी महाविर क्षेत्रीले बताए ।

हात्ती धपाउन बस्तीमा स्थानीयबासीहरुले आगो बाल्ने, गुलेली प्रयोग गर्ने, पटाका पड्काउदै आएका छन् ।






