दोधारा । कञ्चनपुरको महाकाली नदी माथीको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन बन्द गरिने भएको छ् । पुल मर्मतका लागि दोधारा चाँदनी नगरपालिकाले पुलको आवागमन भोली र पर्सी अर्थात १९ र २० गते दुई दिनको लागी बन्द गर्ने भएको हो । बिहान ११ बजे देखि ३ बजे सम्म (चार घण्टा) सम्मका लागि पुल आवागमन बन्द गरिईने भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले जानकारी दिनुभएको छ् ।


अत्यधिक भारका कारण पुलका नट बोल्ट खुस्केका, डेकहरु टुटेका कारण पुल मर्मत गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले बताउनुभएको छ् ।

आज एक सुचना प्रकाशित गरि दुई दिनको लागी पुल मर्मत कार्य अघि बढाईन लागेको उहाँले बताउनुभएको छ् ।







