महेन्द्रनगर : कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी र बेलडाँडीमा अखिल क्रान्तिकारी संगठन विस्तारमा जुटेको छ ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले क्षेत्र नम्बर १मा रहेका विद्यालयमा संगठन विस्तारमा जुटेको हो । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अरिबल)ले संगठनको नीति, योजना अनुरुप विद्यालयहरुमा इकाई कमिटि विस्तार गरिरहेको बताए ।
जिल्ला अध्यक्ष अबिरलका अनुसार रौलेश्वर माध्यामिक विद्यालयमा नरेश जोशीको अध्यक्षतामा २१ सदस्यीय अखिल क्रान्तिकारी इकाई कमिटि विस्तार गरिएको छ । उपाध्यक्ष बन्दना बोहरा, कृष्ण जोशी, सचिव मोहन जोशी, सहसचिव भावना शाह, कोषाध्यक्ष निशा शाह रहेका छन । बेलौरीको महाकाली बहमुखी क्याम्पसमा इकाई अध्यक्षमा हिरा कुँवजरको अध्यक्षतामा २१ सदस्यीय इकाई कमिटि विस्तार गरिएको छ । उपाध्यक्ष लक्ष्मी हमाल, रोशन चौधरी, सचिव देवकी राना, सह सचिव बिनिता चन्द,दुरा नेपाली कोषाध्यक्ष दिपा राना रहेका छन ।
अखिल क्रान्तिकारी जिल्ला, पालिका सहित अखिल क्रान्तिकारीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । अखिल क्रान्तिकारी कञ्चनपुरले शैक्षिक विकृती बिरुद्धमा अखिल क्रान्तिकारीले जनाएको छ ।