कोरोना कहरकै मुखमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा कार्यरत सुरक्षा गार्ड मजदुरको जागिर खोसिएको थियो महामारीका बेला बेरोजगारलाई जागिर दिनुको साटो रोजगारीमा रहेकालाई रित्तै हात घर पठाउन लागेको भन्दै विश्वविद्यालयमा कार्यरत सुरक्षागार्ड आन्दोलित भएका थिए। लामो समयदेखि सुरक्षा गार्डको रुपमा कार्यरत १० जना सुरक्षा गार्ड मजदुर मध्ये ६ जनाको जागिर खोसिएको र चार जनाको पुनः नियुक्ती भएका थिए । उच्च पदस्थ पदाधिकारीकै दवावमा उनीहरुलाई पुन कम्पनीले राख्न बाध्य भएको भन्दै जागिर खोसिएका सुरक्षागार्ड रुष्ट भएका थिए ।

विश्वविद्यालयले केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रण कार्यालय उपकुलपति र रजिष्ट्रार निवासमा सुरक्षाका लागि १० जना गार्डको आब्हान गरेको थियो । यस अघि कालिनचोक सेक्युरेटरी प्रालिले सुुरक्षाको जिम्मा पाएको थियो ।
ग्रुपफोर गुरुकुल जेभीले यहि असोज १ गते देखि जिम्मा पाएको छ। गु्रफफोर गुरुकुल सेक्युरेटरी कम्पनीले खटाएका सेक्युरेटरी मजदुरलाई पुरानाले कार्यालय प्रवेस गर्न दिएका थिएनन् । कम्पनीले विश्वविद्यालयसंग सम्झौता गर्दा १० जना सुरक्षागार्डको नाम प्रस्ताव राखेपनि पदाधिकारीको दवावमा सम्झौतामा उल्लेख भन्दा कार्यरतलाई राखिएपछि पुराना सुरक्षा गार्ड आन्दोलित हुन् बाध्य बनेका थिए।

०६८ सालदेखि सुप विश्वविद्यालयका सुरक्षागार्डको रुपमा कार्यरतहरु लाई कुनै सुचना वा जानकारी बिनै विश्वविद्यालयले हटाएको केही समयमै कार्यरत १० जना सुरक्षा गार्ड मध्य ९ जनालाई पुन नियुक्ति दिएको छ भने एक जना बिक्रम चन्द लाई उमेरको हतबन्धी लगाउदै हटाईएको छ। ‘हामी लामो समयदेखि काम गर्दै आएका थियौँ, ‘उनले भने, ‘विहीबार आएर एक्कासी हटाउन खोजियो, तर आफू लगायत केहीलाई राखियो ।’ आफु लगायत संगैका ८ जना साथिहरुलाई पुन नियुक्ती दिएको उपर सिंह धामी बताउनु भो ।











