बेलडाँडीमा अन्नते मेलाको रौनक , मौलिकता जोगाउन देउडा

पहिलो दिन निकै उत्साहका साथ मेलामा निकै छाएको को छ रौनक, मेला असोज ४ गते सम्म लाग्ने

कञ्चनपुर : कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा पहिलो दिन अन्नते मेलाको रौनक निकै छाएको छ।बुधबार असोज २ गते देखि ३ दिनका लागि आयोजना गरेको भब्य अन्नते मेलामा निकै उत्साहितका साथ दर्शकहरु को उपस्थिति रहेको छ। बेलडाँडी गाउँपालिका वडा नं.२ मा रहेको रौलेश्वर मावि अगाडीको कालिका मन्दिरमा असोज २,३ र ४ गते राती सम्म अन्नते मेला लाग्ने कालिका मन्दिर समितिले बताएको छ।कालिका मन्दिर समितिका सचिव विर बहादुर बडुवालले भने असोज २ गते पूर्णिमाको दिनबाट शुरु हुने अन्नते मेला सुदूरपश्चिम प्रदेशको बाजुरीले समुदायका मान्छेले विशेष महत्वका साथ मनाउने यो पर्व हो। अन्नते मेलामा आ–आफ्नै शैली र परम्परा झल्किने गरी देउडा को समेत आयोजना गरिएको छ। जसमा स्थानीय देउडियाहरु को समेत आमन्त्रित गरिएको छ। महाभारतमा कौरवसँगको लडाईमा पाण्डवले गरेको विजय प्राप्तिको खुशीयालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले विजय मनाउने उत्सवको रूपमा यस पर्वलाई मनाउने परम्परा रहेको बताउदै कालिका मन्दिरमा समेत ३ दिन भब्य देउडिको बेजोड प्रस्तुति रहने छ।स्थानीय लोक संस्कृति र पहिचानस्वरुप मनाइने अन्नते मेला बाजुरा लगायत सुदूर पहाडी जिल्लाहरुमा धुमधामका साथ मनाइने गरिन्छ। मेलाका माध्यमबाट देउडा कला र सांस्कृतिको जगेर्ना मा ठूलो टेवा पुग्ने छ।

ताजा समाचार