औषधी व्यवसायी रामचन्द्र बुडा बाबुको स्मृतिमा जेष्ठ नागरिकलाई खिर खुवाए

कञ्चनपुरका एक औषधी व्यवसायी रामचन्द्र बुडाले जेष्ठ नागरिकलाई खिर खुवाएका छन् । महेन्द्रनगर स्टार मेडिसिन डिस्ट्रिब्यूसनका संचालक एव नेपाल औषधी व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष समेत रहेका बुडाले स्व. बाबु जोगासिह बुडाको स्मृति र सोह श्रद्ध लागेकाले जेष्ठ नागरिकलाई खिर खुवाएको हो ।

खिरसंगै स्वास्थ्य सहयोगी समाग्री समेत दिएका छन् । भीमदत्त नगरपालिका ५ बनखेत स्थित महिला तथा बृद्ध सेवा केन्द्रमा बस्दै आएका ६०जना जेष्ठ नागरिकलाई खिर खुवाएको हो । ‘समाजिक कार्य, बुवाको स्मृतिमा खिर खुवाएको हुँ, ‘बुडाले भने, ‘अगामी दिनमा पनि समाजिक कार्य गर्दै जानेछु ।’ महिला तथा बृद्ध सेवा केन्द्रकी अध्यक्ष एव अधिकारकर्मी शारदा चन्दले बुडाले बृद्धसेवा केन्द्रमा गरेको कार्यप्रति आभार प्रकट गरिन् ।

अध्यक्ष चन्दले सोहश्रद्ध चलेका बेला मनकारी औषधी व्यवसायी बुडा जस्तै अन्य महानुभावलाई पनि सहयोगका लागि आग्रह गरिन् । लकडाउनका कारण बृद्धआश्रम समस्यामा परेकाले सहयोगको अपिल गरिकी छिन् ।

ताजा समाचार

This will close in 10 seconds