उद्योग मन्त्री भण्डारीद्वारा कोलकत्ता पोर्टको अवलोकन भ्रमण

,काठ्माण्डौँ :गत मंगलबारदेखि भारत भ्रमणमा रहनुभएका नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपर्ति मन्त्री दामोदर भण्डारीले कोलकत्ता पोर्टको अवलोकन गर्नुभएको छ ।
अवलोकनका क्रममा उहाँले पोर्टका अध्यक्ष रथेन्द्र रमन लगायतका उच्च अधिकारीहरुसंग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत कमगर्ने विषयमा छलफल गर्नुभएको छ ।अवलोकन भ्रमणका क्रममा भुपरिवेष्टित मुलुकले प्राप्त गर्ने व्यापार सौविध्यता, पारवहन व्यापार सवलीकरण, ट्रान्ससिपमेण्ट मोडालिटि, भण्डारण जाचँपास लगायतका बिषयमा जानकारी लिनुभयो ।

भारतीय भन्सार विभागले सन २०१८मा पाइलट प्रोजेक्टको रुपमा लागु गरेको विद्युतिय काग्रो ट्रेकिङ प्रणाली ECTSले पारवहन लागत बढी भएको बारेमा जिज्ञासा राख्नुभयो । पोर्टका पदाधीकारीले ECTS लाई भारतीय भन्सार विभागले पुनरावलोकन गर्न लागेको एंव बजार प्रतिस्प्रधा बनाई लागत कमगर्न लागेको जानकारी गराएकाछन् । नेपालका तर्फबाट पारवहन लागत कमगर्ने बिषयमा लागेको राखेको जिज्ञासामा चीनबाट हल्दीया र कोलकत्तामा सिधा काग्रो जहाजको व्यवस्था गरिएकाले सिंगापूरमा गरिने ट्रान्ससिपमेण्ट लागत कम भई सम्पुर्ण लागत नै घट्ने जानकारी दिएकाछन् ।

पारवहन लागतको १० प्रतिशत मात्रै पोर्ट लागत भएकाले थप सहुलियत दिन सकिने पोर्टका अधिकारीहरुले बताएकाछन् । नेपाली महावाणिज्य दुतावास एंव नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको समन्वयमा छलफल भएको थियो । अवलोकन भ्रमणमा वाणिज्य मन्त्रालयका द्विपक्षिय महासाखा प्रमुख सहसचिव बाबुराम अधिकारी तथा कोलकत्ता स्थीत महावाणिज्य दुतावासका पदाधीकारीहरु लगायतको उपस्थीति थियो ।तेस्रोमुलुक संगको व्यापारमा देखिएका प्रक्रियागत समस्याहरु, आयातकर्ता र निर्यातकर्ताका समस्याहरुका बिषयमा जानकारी लिई कोलकत्ता स्थीत महावाणिज्य दुतावास तथा गोदाम कम्पनी लिमिटेडलाई सहजीकरण गरि परिणाममुखि भएर कामगर्न मन्त्री भण्डारीले निर्देशन दिनुभयो । ५ दिनको भारत भ्रमण सकेर उहाँ आज स्वदेश फर्कदै हुनुहुन्छ ।

ताजा समाचार