वन अतिक्रमण मुद्दाका फरार रोकाया पक्राउ


कञ्चनपुर: वन अतिक्रमण मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन । १वन मुद्दामा अदालतबाट दोषी ठहर भएका बेदकोट नगरपालिका ३दैजीका मोहन जंग रोकायालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले रोकायालाई पक्राउ गरिएको बताए । प्रवक्ता जोशीका अनुसार रोकायलाई वन अतिक्रमण मुद्दामा अदालतले १३ माघ ०७३ सालमा १० हजार नगद जरिवाना सहित ५ महिना ५ दिन कैद सजाय फैसला गरेको थियो ।

रोकायाले कैद सजाज र जरिवाना नतिरेपछि पक्राउ गरेर जेल चलान गरिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img